Thursday, June 29, 2017

प्रमको जिल्लामा माओवादीको सुरुआती जित

डडेल्धुरा, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा(माओवादी केन्द्र)ले सुरुआतीमै जित हासिल गरेको छ ।

अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गर्नुभएको हो । खड्काले उक्त ५४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गर्नुभएको छ ।

अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका अध्यक्षसहित तीन सदस्यले तथा एमालेबाट एक सदस्यले जित हासिल गरेको निर्वाचन अधिकृत चिरञ्जीवी गिरी बताउनुभयो ।
अमरगढी–११मा एमालेको जित

एघार वटा वडा रहेको अमरगढी नगरपालिकाको ११ नं वडामा एमालेका सूर्यप्रकाश खड्का ३६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका धर्मसिंह धानुकले २६० मत प्राप्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...