Tuesday, June 6, 2017

अलमल अलमल बोल गितको ग्याल्मरस म्यूजिक भिडीयो रिलिज (भिडियो सहित)

टोकियो : जेठ २४,
नेपाली सुगम संगितमा सक्रिय रहनुभएका एक युगल जोडी सुरेश–बबिता मानन्धरले निर्माण गरेको अलमलअलमल बोल गितको म्यूजिक भिडीयो हालैमात्र जापानमा आयोजित एक कार्यक्रम विच यूटुव मार्फत रिलिज गरिएको छ । श्रीमान सुरेश मानन्धरको संगित रहेको उक्त गितमा ओम शंकर श्रेष्ठको शब्द र बबिता मानन्धरकै भिडीयो कन्सेप्ट रहेको छ ।

ग्याल्मरस झल्कने उक्त भिडीयोमा मोडलको रुपमा स्याण्डी भण्डारी र साथीहरुको मोजमस्तमा रमिरहेको अभिनय देख्न पाईन्छ । डोरेमी रेकडीङ्ग स्टुडियो जमलमा अडियो रेकर्ड गरिएको यस गितमा संगित संयोजक रिकेश गुरुङ्गले गरेका छन् भने भिडियो कोरियो ग्राफि सन्तोषी गुरुङ्गले गरेका हुन् । भने उक्त भिडीयो फराज अर्पन ले निर्देशन, सम्पादन र खिच्नेकाम एक साथ गरेका हुन् । आफ्नो फरक धारको स्वरमा उक्त गित दर्शक श्रोताहरुले पाउनुहुने कुराको जानकारी हामीलाई नेपाल जापान साँस्कृतिक प्रतिष्ठानको हलमा आयोजित कार्यक्रमको भेटमा गायिका बबिता मानन्धरले जानकारी गराउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...