Friday, June 16, 2017

राष्ट्रपतिको सम्मानमा स्वागत कार्यक्रम

जेनेभा, २ असार । ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन यहाँ रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले बिहीबार साँझ एक स्वागत कार्यक्रम आयोजना गर्नुभयो ।

कार्यक्रममा गणतन्त्र मरिससका राष्ट्रपति अमिना गुरिफ फकिमको पनि उपस्थिति थियो । कार्यक्रममा बङ्गलादेशका श्रम राज्यमन्त्री मजिबुल हक पनि सहभागी हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा जेनेभास्थित विभिन्न मुलुकका राजदूतहरु, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका तथा संयुक्त राष्ट्र सङ्घका अन्य विभिन्न निकायका वरिष्ठ अधिकारी र विभिन्न दूतावासका वरिष्ठ अधिकारीको पनि उपस्थिति थियो ।

उक्त अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेलको पनि उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीले बिहीबार साँझ जेनेभा लेकको पनि अवलोकन गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...