Saturday, June 24, 2017

क्यानडाब्यापी प्रथक कला–साहित्य प्रतीभा प्रतियोगिता तथा सम्मान कार्यक्रम

नेपालिज कम्युनिटी नेटवर्क  क्यानडा र नेपाली साहित्य समाज, क्यानडाको संयूक्त आयोजनामा पहिलोपटक आयोजना हुन गईरहेकोक्यानडाब्यापी कलासाहित्य प्रतीभा प्रतियोगितामा सहभागिताका लागि सबै क्यानडाब्यापी नेपालीहरुमा  अनुरोध गर्दछौं । गीत, संगीत, गायन, नृत्य रकविता विधामा हुने यस प्रतीभा प्रतियोगितामा पाँचवर्षदेखि बिस वर्षसम्मका बाल तथा युवा वर्गका प्रतीभाहरुले आआफ्नो कला प्रदर्शन गर्न पाउने छन् ।पहिलोपटक हुन गईरहेको क्यानडाव्यापी यस कला–साहित्य प्रतीभा प्रतियोगितामा दुई वर्गमा प्रतीभाहरुको मूल्यङ्कन गरिने छ । पहिलो वर्गमा पाँचवर्षदेखि बाह् वर्षसम्मका बाल प्रतीभाहरुका बीच प्रतियोगिता हुने छ भने दोस्रो वर्गमा तेह्देखि बिस वर्षसम्मका युवा प्रतीभाहरुका बीच विधागतप्रतियोगिता हुने छ । दुवै वर्गका विजयी प्रतीभाहरुलाई विधागत प्रथक द्वितीय र तृतीय पुरस्कारबाट सम्मानित गरिनका साथै शिल्ड तथा प्रमाणपत्रबाटविभुषित गरिने छ । प्रतियोगिताबाट वर्षको उत्कृष्ठ प्रतीभा भनी घोषणा गरिने छ । सहभागी भएकाहरुलाई पनि प्रमाणपत्र प्रदान गरिने छ । यसकार्यक्रममा आफ्ना सन्तानलाई सहभागिताका लागि प्रोत्साहित गरिदिन अविभावकहरुमा हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रमको प्रारम्भमा नेपालबाट आउनु भएका नेपाली भाषा विज्ञानका अध्येता,  नेपाली भाषा साहित्यका बिद्ध्वान, भयवादका एक पर्वर्तक,ब्याकरणविद्  तथा आठपरिया राईको भाषिक अध्ययनमा विद्यावारिधि गर्नु भएका प्रा।  डा. टंकप्रसाद न्यौपाने सम्मानमा  कार्यक्रम हुनेछ ।

 

कार्यक्रम जुलाई ९ (आईतबार) का दिन ब्राह्म्टनमा आयोजना हुँदैछ । सहभागिका लागि कागजमा निम्नलिखित जानकारी आयोजक समितिलाई जुलाई २भित्रमा ईमेल मार्फत तलको ईमेलमा उपलब्ध गराइसक्नु पर्ने छ ।

कार्यक्रममा साहित्य तर्फ कविता ९कविता, मुक्तक, गीत र गजल० बाचन र कला तर्फ गीतरगायन र नृत्य मात्रै समाबेश गरिने व्यहोरा समेत अनुरोध छ

गीत, नुत्य र कविता विधामा सहभागिता जनाउनका लागि गीतको रचना, नृत्यको बोल र कविता आफ्नो व्यक्तीगत विवरणसहित बुझाउनु पर्ने छ ।

सहभागिताका लागि बुझाउने पर्ने विवरण ः–

(१) नाम (२) जन्म मिति वा उमेर (३) लिङ्ग (४) सहभागिता हुने विधा (५) अध्ययन संस्थाको नाम    (६) ईमेल (७) फोन नं. (८) ठेगाना

 

सहभागिताका लागि निवेदन बुझाउने सम्पर्क ठेगाना

लिला नाथ पाण्डे

इमेल : [email protected]

फोन न. : 647 701 5363

बाल चन्द श्रेष्ठ

इमेल : [email protected]

फोन न. : 416-671-3747

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...