Saturday, June 17, 2017

दोस्रो चरणको निर्वाचनमा काँग्रेस पहिलो : थापा

पाँचथर, ३ असार । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अब हुने दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस पहिलो हुने बताउनुभएको छ ।

पाँचथरको हिलिहाङस्थित जोरपोखरीमा आज बिहान भएको पार्टी भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

काँग्रेसका उम्मेदवार सक्षम, सबल, क्षमतावान र विकासशील भएको हुँदा उनीहरुलाई अब हुने स्थानीय तहको निर्वाचनमा अत्यधिक मतले विजयी गराउन जनतालाई आग्रह गर्नुभयो ।

ऐतिहासिक पार्टी भएको र अब मुलुकको समृद्धि गर्ने पार्टी काँग्रेस नै रहेको हुँदा अब काँग्रेसको पक्षमा जनलहर आएको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...