Saturday, June 3, 2017

युएनए साँस्कृतिक साँझमा बेजोड र्याम्प प्रस्तुति

युनाईटेड नेपलिज एसोसिएसन को साँस्कृतिक साँझमा बेजोड र्याम्प प्रस्तुतिको साथ सम्पन्न भएको छ l गत मे २७ तारिख टेक्सस राज्यको ड्यालस शहरमा उक्त र्याम्प प्रस्तुति भएको हो l युएनए कल्चरल र्याम्प सो नामक उक्त कार्यक्रम को व्यवस्थापन नेप सिने का रायन रेज (रबिन कार्की ) तथा प्लानेट ३ फ्लिम्स का अर्जुन सुबेदीको रहेको थियो l यसै गरि आधिकारिक भेषभूषा अभिकल्पकार ( फेसन डिजाइ नर ) मोडर्न डे फेरी टेल कलेक्सन कि सुबेक्षा भडेलको रहेको थियो l

उक्त र्याम्प प्रदर्शनमा बिशेष प्रस्तुतिमा नेपाली चलचित्र कि नायिका नन्दिता केसी तथा सोनी राज भण्डारीको रहेको थियो यस्तै गरि प्रस्तुति शुभारम्भ स्टे फेन रुईज को रहेको थियो l

कार्यक्रमको प्रस्तुति साथै निर्देशन तथा कार्यक्रम संचालन नग्मा श्रेष्ठले गरेकी थिइन् भने उनले भेषभूषा प्रदर्शन उनको प्रथम पटक रहेको थियो l यस्तै गरि कपाल सज्जा तथा श्रिगार एलिना शाक्यको रहेको थियो भने सङ्गीत डिजे बिश्व को रहेको थियो l छायाचित्र सुशान्त जोशी तथा जुनिर ढकालले गरेका थिए l

जव सम्म नेपाली युवाहरु अमेरिकन मुलधारमा सहभागिता हुदैन तव सम्म अमेरिकन समुदायमा प्रभावकारी रुपमा स्थापित हुन् सक्दैनन् तसर्थ युएनए ले त्यो वातावरण सृजना गर्दै नेपालीहरुको आफ्नो पहिचानलाई अमेरिकन मुलधारमा समाहित हुदै सशक्तिकरण गर्ने प्रयास गरेको छ l

संचार माध्यमको सशक्त भूमिका हुनाले अमेरिकन मूल धारका संचार माध्यम मा सम्पर्क गराउने र हाम्रो आवाज त्यहाँ सम्म पुर्याउने मुख्य हेतु रहेको आयोजकले बताएका छन् l

आयोजकले सुबेक्षा भडेल,पारस खडका ,नन्दिता केसी ,नग्मा श्रेष्ठ तथा सोनी राज भण्डारीहरुको बिशेष सहयोग तथा सहभागिताले युवाहरुलाई एक प्रकारको आकार निर्माण गर्न केहि हद सम्म सफल भएकोमा खुशी ब्यक्त गरेको छ l

उक्त कार्यक्रममा बिशेष जातिका पहिचानका बिशेष पहिरनहरुको प्रस्तुति बेजोड रहेको थियो l उक्त सम्मेलनमा खेलकुद ,प्रतिभा प्रतियोगिता,साँस्कृतिक कार्यक्रम ,हिज्जे प्रतियोगिता तथा अन्य बिबिध आकर्षित कार्यक्रमहरु रहेका थिए l सम्मेलन पासांग लामा को नेतृत्वमा सफलता पूर्वक सम्पन्न भएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...