Monday, June 26, 2017

एनआरएनए केन्यामा नयाँ नेतृत्व

नैरोबी , केन्या ,केन्या को राजधानी नैरोबीमा गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद केन्याको तेस्रो महाधिवेशन बर्ष २०१७ – २०१९ का लागि नयाँ नेतृत्व चयन गर्दै सप्पन्न भएको छ । महाधिबेसनले अध्यक्षमा कृष्ण दत्त भट्ट र महसचिव मा श्री बिष्णु कार्की छेत्री लगायत १५ सदस्यीय नयाँ कार्य समिती २ बर्ष को लागि को चयन गरेको छ l अन्तर राष्ट्रिय समितीको सदस्यमा यादब काफ्ले ,महिला संयोजक तारा ढकाल र युबा संयोजकमा सुरज डुम्रे लाई निर्वाचित गरेको छ l

कार्यकर्मको उद्घाटन संयुक्त रुपमा केन्याका लागि नेपालका अबैतानिक बाणिज्य दुत जिम्मी ओस्कर र संघका अध्यक्ष राम चन्द्र बस्यालले गर्नु भएको थियो l  उक्त महाधिबेसमा बिशेष अतिथी अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्की ,गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद युगाण्डाका सचिव राज मणी भण्डारी डा भुबन प्रशाद ढकालले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो भने केन्यामा नै पहिलो पटक नेपाली सास्कृतिक झलकका साथ “पूर्व को मेची हाम्रै हो पश्चिमको काली हाम्रै हो” भन्ने राष्ट्र प्रेमले भरिपूर्ण गीत को बोलमा लक्ष्मी बुलुन ममता बस्नेत कुँवर, तारा ढकाल,लक्ष्मी बस्याल र लास्ता धितालबाट नृत्य प्रस्तुत भएको थियो भने युबा समुह र बाल कलाकारबाट पनि नृत्यहरु प्रस्तुत गरिएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...