Sunday, June 18, 2017

स्थानीय तह अधिकार सम्पन्न भएको छः उपप्रम महरा

दाङ, ४ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह राजनीतिक र आर्थिक रुपमा अधिकार सम्पन्न रहेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) ले आज घोराहीको गुलरिया उद्यानमा आयोजना गरेको जनसभामा उहाँले भन्नुभयो –“म अर्थमन्त्री हुँदा बजेटको ठूलो हिस्सा अनुदानका रुपमा स्थानीय तहमा पठाउने व्यवस्था गरेको छु, अब स्रोत र शक्ति दुवैले स्थानीय तह अधिकार सम्पन्न भएका छन् ।”

उपप्रधानमन्त्री महराले सिंहदरबारको शक्ति जनताको हातमा आउनु सानो परिवर्तन होइन् भन्दै सङ्घीयताको कार्यान्वायन माओवादी केन्द्रले नै गर्ने भएकाले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई अत्याधिक ठाउँमा विजयी गराउन मतदातालाई आग्रह गर्नुभयो ।

पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा प्राविधिकरुपमा माओवादी केन्द्रले थोरै स्थानमा जिते पनि रणनीतिक रुपमा ठूलो जित हात पारेको पनि उहाँले बताउनुभयो ।

निर्वाचन परिचालन समितिका संयोजक हेमराज शर्माको अध्यक्षतामा सो सभा सम्पन्न भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...