Saturday, June 3, 2017

मेरिल्याण्ड कि किशोरी गर्भवती भएको कारण बिद्यालयको ग्राजुएसन (उपाधि) को प्रमाण पत्र लिन बाट रोक

मेरिल्याण्ड राज्यको बुन्सबोरो को एक उच्च माध्यमिक बिद्यालय कि एक छात्रालाई उनि किशोरी अवस्थामा गर्भवती भएको कारण बिद्यालयको ग्राजुएसन (उपाधि) को प्रमाण पत्र लिन बाट रोक लगाईएको छ l उनि ईशाई पाठशालाको उपाधि वितरण समारोहमा सरिक हुने तयारीमा थिइन् l

एपीले हेराल्ड-मेल अफ ह्यागर्स टाउन को समाचार लाई उद्धृत गर्दै १८ बर्षिय म्याड्डी रंक्लस लाई बुन्स बोरोको बेनेभोला युनाईटेड मेथोडिस्ट चर्चमा पुरस्कृत गरिएको भनेको छ l

झन्डै १ सय ४० जना साथीभाई तथा परिवारहरु उक्त घण्टा लामो समारोहमा उनि सरिक भएकी जनाएको छ l बिद्यालयले त्यसो गरेता पनि उनलाई उठेर सम्मान गरिएको थियो भने उनले भाषण भने नदिएको एपी को समाचारमा उल्लेख गरेको छ l

ति किशोरी गत जनवरीमा आफु गर्भवती भएको पत्ता पाएकी थिइन् l उनलाई मेरिल्याण्डको हेरिटेज एकडेमीले ग्राजुएसन (उपाधि) को प्रमाण पत्र लिन बाट बन्चित गरेको छ l उक्त पाठशाला अनुसार उनले पाठशालाको आचार संहिता उल्लङ्घन गरेको आरोप लगाउदै विवाहपूर्व यौन क्रिया गरेको जनाएको छ l

यसको साथै उनि बिद्यार्थी परिषद अध्यक्ष पद बाट पनि मुक्त गरिएको र दुई बर्ष को लागि निलम्बित समेत गरेको एपीले लेखेको छ l र उनको पेटमा बालक रहेको उनले अन्तर्वार्तामा भनेकी छिन् l

तस्बिर :चित्रपट दृश्य (स्क्रिन सट )

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...