Saturday, July 29, 2017

जग्गाको निहुमा कुटा कुट, पहिलामाथि पुरुषको लात्ती (भिडियो सहित)

पोखरा लेखनाथ वडा नंं १५ मा जग्गा बिबादको कारण जग्गा धनीबीच झडप भएको छ । जग्गाको बिबाद पहिलेबानै भएको र नापी कार्यालयबाट पनि कर्मचारी खटाईएर नाप्ने क्रममा झडप भएको हो ।
प्रहरी स्थानीयबासी र नापी कार्यालयका कर्मचारी समेत उपस्थित ठाउमा दुई जग्गा धनीबीच झडप भएको थियो । झडपको सरुवात दुई पक्षिय महिलाबाट भएको भिडियोमा देख्न सकिन्छ तर पछि पछि भने एक युवकले महिलाको ढाडमा लात्ती प्रहार गरिरहेको दृश्य पनि देखिन्छ । महिला पुरुष सबै लडाईमा सामेल भएपछि प्रहरीलाई समेत सम्हाल्न मुस्किल भएको थियो । नापी कार्यालयले जग्गा नाप्न खोज्दा एक महिलाले नाप्ने फित्ता नै मुखमा हालेर चपाएकी थिईन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...