Monday, July 31, 2017

एनआरएनए अमेरिका विवाद निरुपण गर्न हेमराज शर्माको नेतृत्वमा तीन सदस्य कार्यदल गठन

एनआरएनए अमेरिका विवाद निरुपण गर्न हेमराज शर्माको नेतृत्वमा तीन सदस्य कार्यदल गठन

पुरुषोत्तम ढकाल, लसएन्जलस, १६ साउन । गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७-१९ कार्यकालका लागि जारी निर्वाचनमा अध्यक्ष उम्मेदवार रहेका गौरीराज जोशी उम्मेदवारीका लागि विधानत योग्य नरहेको भन्दै निर्वाचन आयोगले उनको नाम प्रकाशित नगरेको कारण उत्पन्न विवाद समाधान गर्न संघको अन्तराष्ट्रिय समन्वय परिषदको जर्मनीको फ्र्यांकफर्ट शहरमा भर्खरै सम्पन्न भएको बैठकले संघका विधान मस्यौदा समिति कार्यदलका संयोजक हेमराज शर्माको नेतृत्वमा तीन सदस्य रहेको कार्यदल गठन गरेको छ ।

बैठकले संघको अमेरिकास्थित राष्ट्रिय समन्वय परिषदको जारी निर्वाचनको विषयमा उत्पन्न विवाद समाधानको लागि गठन गरेको कार्यदलमा हेमराज शर्मा, दिल गुरुङ र विश्व आदर्श पण्डित रहनु भएको छ । महासचिव बद्रि केसीले बैठकस्थलबाट हामीलाई दिएको जानकारी अनुसार कार्यदलको अवधी एक साता तोकिएको छ र कार्यदलको प्रतिवेदनको आधारमा सचिवालयले संघको अमेरिकास्थित राष्ट्रिय समन्वय परिषदको जारी निर्वाचनको विषयमा उत्पन्न विवादबारे निर्णय गर्नेछ ।

संघको अमेरिकास्थित राष्ट्रिय समन्वय परिषदको जारी निर्वाचनको विषयमा उत्पन्न विवादका कारण संघको अन्तराष्ट्रिय समन्वय परिषदको बैठक आइतवार साँझ सुरुभै सोमाबर बिहान २:०० बजे सम्म चलेको थियो ।

स्मरण रहोस संघको अमेरिकास्थित निर्वाचन आयोगले यस अघि अध्यक्ष प्रत्याशी गौरिराज जोशीलाई विधानत एक कार्यकाल काम गरेको खुल्ने प्रमाण प्रस्तुत गर्न भनेपछि संघका केन्द्रिय महासचिव बद्रि केसीले उनको योग्यता खुल्ने प्रमाणित पत्र निर्वाचन आयोगलाई उपलब्ध गराएका थिए तर लगत्तै अध्यक्ष शेष घलेले क्षेत्रीय संयोजक सोनाम लामाको आग्रहमा निर्वाचन आयोगलाई अर्को पत्र लेखी महासचिव केसीको पत्र बदर गरेका थिए । यद्यपि प्रमूख निर्वाचन आयुक्त बंदिता शर्मा दाहालले अध्यक्ष प्रत्याशी गौरिराज जोशीको एक कार्यकाल खुल्ने प्रमाण आफुले प्राप्त गरेको बताउदै २९ जुलाई, २०१७ प्रकाशित गरिने उम्मेदवारी नामावलीमा जोशीको नाम समावेस गरी प्रकाशित गर्ने इमेल प्रेषित गरेपनि हिंजो अवेर राती आयोगले प्रकाशित गरेको उम्मेदवार नामावलीमा जोशीको नाम प्रकाशित गरिएको थिएन ।

एनआरएनए अमेरिका विवाद निरुपण गर्न अन्तराष्ट्रिय समन्वय परिषदले गठन गरेको कार्यदलका संयोजक हेमराज शर्मा संघको विधान मस्यौदा समितिका संयोजक हुन् भने दिल गुरुङ संघको केन्द्रिय संरक्षक र अर्का सदस्य विश्व आदर्श पण्डित संघका केन्द्रिय सल्लाहकार हुन् ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...