Sunday, July 16, 2017

अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने पक्षमा छैनौंँ : ठाकुर

पर्सा, १ साउन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताउनुभएको छ ।

वीरगन्ज महानगरपालिका– २१ पटेलनगरमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पार्दै यसको उल्टो प्रचार गरी मधेस केन्द्रित दललाई बदनाम गर्ने प्रयास भएको जिकिर गर्नुभयो । वैवाहिक अंगीकृत नागरिकता रहेकी महिलाले श्रीमान्सरह अधिकार पाउनुपर्ने विचार नेता ठाकुरले व्यक्त गर्नुभयो ।
नेता ठाकुरले मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन राजपा तयार रहेको दोहो-याउँदै निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । निर्वाचनमा दल दर्ता गरिए पनि मधेसका माग सम्बोधन नभएसम्म राजपा चुनावमा नजाने उहाँले स्पष्ट पार्नुभयो ।

वीरगन्ज– २१ पटेल नगरका एक आगलागी पीडितको घरको आजै शिलान्यास गर्दै ठाकुरले देशमा प्रकृतिक विपत्ति आउँदा पूरै देश नै एक जुट भई पीडितलाई सहयोग गर्ने गरेको र यस्ता कार्यले राष्ट्रिय सद्भावलाई बलियो बनाएको धारणा व्यक्त गर्नुभनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...