गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी न्यूयोर्क च्याप्टर बाट कन्चन बस्नेत ले महिला कोअर्डीनेटरपद को लागी उमेद्वारी दिएकी छिन। केहि दिन अघी उम्मेद्वारी घोषणा गर्दै शनिबार मनोनयन दर्ता गर्नुभएको हो । कन्चन भन्छिन् एनआरएन अमेरिकामा महिला नेतृत्वको खाचो रहेको छ, त्यो खाचो परिपुर्ती गर्नको लागि आफ्नो उमेद्वारी दिएको बताउने कन्चन, अबको एनआरएनमा पार्दर्शिता, अनुसशान र इमान्दारिता चाहिएको बताउछिन् । आफु बिजयी भएमा यो सबै कुराहरु कार्यन्वन गर्ने बताउछिन् ।बरु त्यस को लागी आफु ले के के गर्न पर्छ, त्यस्को लागी र सम्पुर्ण अमेरिका बासी नेपाली हरु को लागी सहयोग गर्न तयार रहेको बउतानु भयो ।
नेपाल मा हुँदा देखी नै सामाजिक कार्यमा लागी रहेकी कन्चन, एन आर एन मा आएर समाज सेवा गर्ने चाहना पहिले देखी नै भएको बनाउनु भयो । एन आर एन लगायत सामाजिक कार्यक्रमहरुमा सक्रिय कन्चन ले आगामी कार्यकालका लागी महिला कोअर्डीनेटरपद मा मनोनयन दर्ता गरे पछी आफु लाई बिजयी बनाउन सबै एनआरएन अमेरीकाका सदस्यहरुमा अपिल समेत गर्नुभएको छ । सबै को साथ र ब्यापक समर्थन ले गर्द आफु ले जित्ने कुरा मा कन्चन ढुक्क छिन ।
No comments:
Post a Comment