Saturday, July 29, 2017

तराई– मधेशको खानेपानी समस्या समाधान हुन्छ ः मन्त्री यादव

महोत्तरी, १४ साउन । तराई–मधेशको खानेपानी समस्या समाधान गर्नका लागि आफू गम्भीर रहेको खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बताउनुभएको छ ।

आज नेपाली काँग्रेस बर्दिवासनगर कमिटीले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशमा वर्षेनी हुँदै आएको खानेपानीको समस्या निराकरण गर्नका लागि आफू तत्पर रहने स्थानीयवासीलाई विश्वास दिलाउनुभयो ।

मन्त्री भएर पहिलो पटक गृहजिल्ला धनुषा जाने क्रममा बर्दिवासमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको नजर प्रदेश नम्बर– २ को स्थानीय तहको तेस्रोचरणको चुनावमा केन्द्रीत रहेको बताउनुभयो ।

उहाँले आगामी असोज २ गते हुने तेस्रोचरणको चुनावमा नेपाली काँग्रेस २ नं मा प्रथम स्थान हासिल गरेर देशकै पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...