Saturday, July 8, 2017

प्रदेशसभाको निर्वाचन मिति तोकिएसंगै एनआरएनए आइसीसी अधिवेशन अनिश्चित

निर्वाचन आयोगले आगामी असोज ३० गतेका दिन प्रदेशसभाको निर्वाचन मिति तोकेसंगै गैरआवासीय नेपाली संघ एनआरएनएको आईसीसी अधिवेशन मिति प्रभावित हुने भएको छ।

आगामी अक्टोवर १४ देखि १७ तारिक अर्थात असोज २८ देखि ३१ गतेका लागि तोकिएको अधिवेशन निर्वाचन आयोगले प्रस्ताव गरेको प्रदेश सभाको निर्वाचन मितिका कारण प्रभावित हुने भएको हो। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रबार एक कार्यक्रममा दशैलाई चुनावी पर्व बनाउने भन्दै असोज ३० गतेका दिन प्रदेश सभाको निर्वाचन गर्ने उपयुक्त मिति भएको र मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्न आयोग तयार रहेको कुरा सरकारलाई जानकारी गराएको बताएका थिए।

प्रमुख निर्वाचन आयुक्त यादवले असोज ३० को विषयमा सरकारसंग समेत छलफल भएको र मंसिरको निर्वाचन पश्चात मात्र माघ ७ सम्ममा सवै निर्वाचन प्रक्रिया पुरा हुने धारणा राखेका थिए।

निर्वाचन आयोगको यो तयारीका कारण विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको पर्वका रुपमा मनाईने आईसीसी अधिवेशन नै प्रभावित हुने भएपछि आईसीसी अधिवेशन बारे छिटटै छलफलबाट नयाँ मिति तय गरिने एनआरएनए आईसीसी सदस्य पारसमणी पोखरेलले नेपालजापान डटकमलाई जानकारी दिएका छन् । शुक्रबार प्रमुख निर्वाचन आयुक्तले सार्वजानिक गरेको मिति अर्थात असोज ३० लाई नै तोकेपछि हामीले नयाँ मिति बारे तयारी गर्नै पर्ने हुन्छ पोखरेलले भने।

सदस्य पोखरेलका अनुसार निर्वाचन आयोगको आधिकारीक मिति सार्वजानिक गरेको भएपनि नेपाल सरकारले यसलाई अनुमोदन गर्न बाँकी रहेकाले केही दिन यसको आधिकारीकताका विषयमा पर्खेर निर्णय गर्ने जानकारी दिए।

हालै बसेको एनआरएनए आईसीसी वैठकले अक्टोवर १४-१७सम्म आईसीसी अधिवेशन गर्ने मिति टुङगो लगाएको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...