Enepal News

Sunday, July 30, 2017

चलचित्र बिकास बोर्डलाई राजनीति तथा आर्थिक चलखेलको अखडा बनाउदै

काठमाडौँ : नेपाली चलचित्रको बिकास र प्रबर्द्धन गर्नका लागी खुलेको चलचित्र बिकास बोर्डमा यति खेर अध्यक्षको पदका लागी साम दाम दण्ड भेद प्रयोग गरि धेरै चलचित्रकर्मिहरु आ-आफ्नो दुनो सोज्याउने  होडबाजीमा लागेका छन र नेपाली कांग्रेशको नेतृत्वमा बनेको सरकारको मन्त्रीमंडल गठन संगै केहि चलचित्र कर्मीहरु नेताहरूलाई खुशी बनाउन भेट्घाट्मा ब्यस्त छन भने अबको कार्यकालको लागि चलचित्र बिकाश बोर्डको अधक्ष्य को बन्ने भनेर लागि परेका छन ।

जुन जोगी आए पनि कान नै चिरेको भने जस्तै जुन पार्टीको सरकार आए पनी पदका लागि दौडाहा शुरु भईहाल्छ । बिगत २/३ बर्ष यता बिकास बोर्डको अध्यक्षका लागी पैसाको आर्थिक चलखेल हुन थालेको छ ,पैसा भए उक्त पदमा जान सक्ने नत्र जस्तै क्षमतावान भएपनी आकाशको फल आखा तानी मर भने जस्तै भएको छ । सरकार बन्नु अगाडि २०७४ जेठ २४ गते देखी बिकास बोर्डमा अध्यक्ष पद खाली छ,सरकार कहिले बन्ला र अधक्ष्य पदमा लड्ने भनेर पर्खनेहरु धेरै भए, सरकार बनिसके पछी लड्ने लडाउनेहरुको पनि कमी भएन । राजनीतिक शरण लिएर आर्थिक चलखेल गर्दै जस्ले बढी पैसा बुझाउन सक्यो उसैको हातमा उक्त पद जाने परम्पराको बिकास नेपाली कांग्रेसले बनाउन थालेका छ । पदलाई मर्यादित, ब्यबस्थित् बनाउन तिर होइन पैसामा बिकाउन लागे पछी चलचित्र क्षेत्र भोलिको दिनमा कुन दिशा तर्फ जादै छ भनेर बुज्ने ?

चलचित्र बिकाश बोर्डको अधक्ष्य पदका केहि नया तथा पुराना अनुहारहरु अहिले नेपाली कांग्रेशका शक्तिशाली नेता देखि लिएर पैसाको लागि बिक्ने भनेर चिनिएका केहि नेता तथा नेत्रीहरुको घरदैलोमा चाप्लुसी गर्न र आफु नेपाली कांग्रेशको बिस्वाशिलो पात्र भएको र आर्थिक रुपमा समेत सक्षम रहेको र भेटि बुजाउन सक्छु भनेर प्रमाणित गर्न दिनका दिन नेताको चाकडीमा लागीका छन् l  केहि त्यस्ता झुण्डहरु अहिले अधक्ष्य पदको लागि दौडधुप गर्दै नेता तथा नेत्री खुसि बनाउन पछि लागेको कुरा जानकारहरु बताउछन l

सबैले आ-आफुलाई बलियो सम्झिएपनी कसैको नाम भने निश्चित भएको छैन। कुनै पनी पदलाई मर्यादित बनाउन सक्यो भने त्यस्को प्रतिफल मिठो आउछ नत्र सबै तिर भन्सारनै बनाउदै लैजाने हो भने पैसामै सबै पद बेचिदिए हुन्छ ।  मर्यदाको नाममा पुरुषहरूको नाम मात्र होइन अब हरेक तह र तप्कामा एक पटक महिलाहरुलाई पनी नेतृत्व दिएर हेर्ने हो कि चलचित्र बिकाश बोर्डमा ?महिलाहरुलाई सदस्यमा मात्र होइन ठुलो पदमा पनी लैजानुपर्छ भन्ने आवाज महिला चलचित्रकर्मीहरु बाट पनि उठ्न थालेको छ भने महिला प्रतिश्प्रधिहरु पनि अधक्ष्य पदको लागि भिड्न तयार रहेको संकेत दिइसकेका छन l अहिले सम्पूर्ण चलचित्रकर्मीहरुको एउटै आवाज रहेको छ चलचित्र बिकाश बोर्डमा कुनै पनि राजनीति तथा आर्थिक हस्तक्षेप बिना सक्षम व्यक्तिले नेतृत्व हुनु पर्छ र मात्र नेपाली चलचित्रको बिकाश र प्रबर्धन हुन्छ l राजनीति नियुक्तिको नाममा चलचित्र बिकास बोर्डलाई राजनीति तथा आर्थिक चलखेलको अखडा बनाउनु हुन्न भन्ने सबैको चाहना समेत रहेको छ l

at 5:30 AM
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts

  • ASNEngr Merit Award 2016 Press Release
  • Ujjwal Thakuri ,will attempt to break an Official Guinness World Record in DC area
  • Announcment of Sri Swasthani Brata Samapan Ceremony

Search This Blog

Pages

  • Home

About Me

A
View my complete profile

Report Abuse

Blog Archive

  • June 2018 (111)
  • May 2018 (626)
  • April 2018 (556)
  • March 2018 (739)
  • February 2018 (702)
  • January 2018 (764)
  • December 2017 (705)
  • November 2017 (637)
  • October 2017 (566)
  • September 2017 (642)
  • August 2017 (702)
  • July 2017 (673)
  • June 2017 (629)
  • May 2017 (654)
  • April 2017 (593)
  • March 2017 (592)
  • February 2017 (541)
  • January 2017 (604)
  • December 2016 (611)
  • November 2016 (547)
  • October 2016 (616)
  • September 2016 (605)
  • August 2016 (631)
  • July 2016 (714)
  • June 2016 (680)
  • May 2016 (433)
  • April 2016 (652)
  • March 2016 (818)
  • February 2016 (717)
  • January 2016 (726)
  • December 2015 (861)
  • November 2015 (684)
  • October 2015 (563)
Powered by Blogger.