Saturday, July 15, 2017

बाल्टिमोर सर्बधर्म सभामा एकताको शंखघोस

बाल्टिमोर स्थानीय सरकारको आव्हान र दर्जनों सामुदायिक, धार्मिक, एवम् सॉंस्कृतिक संघ-संस्थाहरुको सह-आयोजनामा बुधवार सम्पन्न सर्बधर्म सभा एबम एकताझॉंकीमा हिन्दू परम्परा अनुसारको स्वस्तीवाचन एवम्

शंखध्वनीले एक विशाल जनसभालाई मन्त्रमुग्ध बनायो। गोल्डस्टार पीता खजीर खानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली एवम् हिन्दू समुदायको प्रतिनिधित्व गर्दै कर्मकाण्ड ज्योतिष पंडित मधुप्रसाद गौलीले हिन्दूधर्मको सारसंक्षेपका साथ अनेकतामा एकताको संदेश दिनुभएको थियो। आफ्नो सम्बोधनको अंतमा पंडित गौलीले विश्व-शान्तिका लागी स्वस्ति-वचन उच्चारण गरी शंखध्वनी बजाउंदा हज्जारौंको संख्यामा उपस्थित जनसमुदायले ताली ठोक्दै, घंट बजाउंदै र रुमाल हल्लाउंदै हर्षोल्लासपूर्वक समर्थन जनाएका थिए।

बाल्टिमोर काउन्टि मानव सम्बन्ध परिषद, महिला परिषद, अमिगोस अफ बाल्टिमोर काउन्टि, इस्लामिक सोसाइटी अफ बाल्टिमोर, बाल्टिमोर यहूदी समाज, ब्रीज मेरील्ण्ड, र अन्य विविध धर्म-सम्प्रदायका गण्यमान्य व्यक्तित्वहरु उपस्थित उक्त एकता महोत्सवना बाल्टिमोर काउन्टिका प्रमुख केविन कामेनेजले जुलाई १२ तारीख़लाई एकता दिवसको रुपमा घोषणा गर्नुभएको थियो।स्मरण रहोस, अप्रैल ४ तारीखमा काउन्टि प्रमुख कामेनेजले आप्रवासीको संरक्षण, विविधता, र समानताको लागी कारियकारी आदेश जारी गर्नुभएको थियो। उहांले अमेरिकालाई विभाजित तुल्याउनखोज्ने तत्वहरुको भर्त्सना गर्दैआउनुभएको छ। वीरगति प्राप्त क्याप्टेन हुमायूँ खानका पीता खजीर खानले प्रमुख अतीथीको रुपमा कामेनेजको प्रसंशा गर्दै एकताको आव्हान गर्नुभयो।

नेपाली समुदायको तर्फबाट ह्यारी भण्डारीले कार्यक्रमको संयोजन गरेका थिए । उनले यसवाट नेपाली जनसमुदायको पहिचानको लागि एउटा कोसेढुगा वन्न सफल भएको प्रतिक्रिया दिए ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...