Friday, July 14, 2017

डा. पौडेल समाजसेवामा समर्पित हुँदै एनआरएनएमा पुन अध्यक्षको उमेद्वार ।

‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने झै समाजसेवामा समर्पित व्यक्तिलाई सामाजिक काम गर्नको लागि जहाँ गएपनि उसको घरपरिवार वा छोराछोरीले पनि छेक्दैनन् । यहाँ यस्तै भएको छ,वर्तमान एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको जीवनमा । समाजसेवामा समर्पित डा. पौडेलका लागि ९ वर्षीया छोरा असीमत र श्रीमती संगिता पौडेल कहिल्यै प्राथमिकता परेनन् ।

उहाँको परिवारको पनि अरूको जस्तै इच्छा र चाहन होलान्, सँगै बस्ने, हाँस्नेखेल्ने, घुम्ने तथा खाने, विदाका बेला छुट्टी मनाउने । त्यस्ता कामलाई थाँती राखेर उहाँ समाज सेवामा समर्पित भइरहनु भएको छ, निरन्तर नेपालदेखि अमेरिका सम्म । तर, समाजसेवामा समर्पित उहाँले परिवारका का लागि कहिल्यै पनि समय दिन सक्नु भएन । तनहुँमा जन्मिएर अध्ययनको क्रममा काठमाडौं त्रिभुवन शिक्षण अस्पताल महाराजंग हुँदै अमेरिका आइपुग्नु भएका उहाँको लागि चिकित्सक जस्तो मर्यादित पेशा सँग-सगै समाजसेवा उच्च प्राथमिकतामा पर्यो ।

आर्थिक पक्षलाई महत्व नदिइ उहाँ समाजसेवामा निरन्तर लागिरहनु भएको छ । आँफन्त आउँदा होस् या साथीभाइसँगको जमघट यस्ता कार्यलाई थाती राखेर पौडेल जहिले पनि एनआरएनए अमेरिकाको छुट्टै पहिचान बनाउन लागिपर्नु भएको छ । ‘संस्थालाई कसरी दीगो र संस्थागत बनाउन सकिन्छ भन्ने मेरो सोच र योजना छ,’ उहाँले भन्नु भयो ‘संस्थाको प्रवर्द्धनका लागि व्यापक कार्यक्रम ल्याउन म प्रतिवद्ध छु ।’ उहाँले थप्नु भयों ।

‘हामी जहाँ रहेपनि नेपालीको क्षमता, पहुँच र स्रोतको अपेक्षा मातृभूमीले गरिरहेको हालको अवस्थामा हामी एकजुट भएमात्र जन्मभूमीको सेवा गर्न सकिने छ” उहाँले बताउनु भयो । पौडेलले भूकम्प आउँदा होस् या आपत्तकालीन अवस्थामा देशको लागि सहयोग गर्दै आउनु छ । नेपाल र नेपालीलाई जोड्ने आधार वा भरोसा भनेकै एनआरएनए हो । र म यसलाई सम्मानित संस्था बनाउने अभियान जुटेको छु , यसमा मलाई यहाँहरूको साथ र सहयोग आवश्यक छ ।’ म एक्लैले गरेको निर्णय र योजनाभन्दा सबैको साझा छलफलवाट वनेका योजनाले अझ बढी प्रतिफल दिने भएकाले म सबै आप्रवासी नेपालीसँग सहयोगको लागि अनुरोध गर्दछु,’ उहाँले भन्नु भयो ।

‘मैले शुरु गरेका अधुरा काम पूरा गर्न मैले यस पटक पुन: अध्यक्ष पदमा उम्मेद्वारी दिएको हुँ,’ उहाँले भन्नु भयो ‘दुई वर्षको कार्यकालमा सोच अनुसारको काम गर्न पाइएन, मेरो नवीन सोच र सिर्जनात्मक योजनाहरू त्यतिकै थन्किए ।’ त्यसकारण मैले यो पटक अध्यक्ष पद्का लागि निरन्तरता दिन चाहेको हुँ ।’
यस पटक पनि यहाँहरूले मलाई विजय गराएर सेवा गर्ने मौका दिनु हुनेछ भन्ने मैले आशा गरेको छु । मैले एनआरएनएको नेतृत्व गर्न पाएमा अमेरिकमास्थित विभिन्न राज्य च्याप्टरलाई सक्रिय बनाउँदै संस्थागत प्रवद्र्धनका लागि व्यापक कार्यक्रम ल्याउने छु’, भन्ने प्रतिवद्धता उहाँले दोहोर्याउनु भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...