Thursday, July 6, 2017

बाल्टिमोर एएनए बार्षिक सभा सफलता पूर्वक सम्पन्न

दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए )को बार्षिक सभा सफलता पूर्वक सम्पन्न भयो l गत आईतबार जुलाई २ तारिखका दिन मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा सम्पन्न एक दिवसीय बार्षिक सभा अपेक्षा भन्दा ज्यादा उत्साहजनक रहन पुग्यो l

स्थापना काल देखि नै ३ दिने सम्मेलन गर्दै आएको एएनए नेपालमा भूकम्प गएको बर्ष मानवीय संवेदना को उच्च ख्याल गर्दै सन् २०१५ र यस बर्ष २०१७ मा ३ दिने बार्षिक सम्मेलनको आयोजना अन्तिम समयमा स्थगित गर्नु परेको जनाएको छ l

बाल्टिमोरमा सम्मेलन गर्ने मिति र स्थान तोकी कार्यक्रम स्थल समेत आरक्षित गरेको एएनए ले केहि आर्थिक भार झेल्दै अन्य संस्थाहरु संग मिलेर जाने र एकता गर्ने अभिप्रायले ३ दिने सम्मेलन रद्ध गरि एक दिवसीय एएनए बार्षिक सभा नामक कार्यक्रम को आयोजना गरेको हो l

उक्त बार्षिक सभामा एएनए एकता बिषयमा छलफल हुनु को साथै कसरी अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई लाभ पुर्याउने तथा अन्य देश बाट आएका आप्रवासी झैँ अमेरिकन सरकार बाट कस्ता प्रकारका सुबिधा तथा फाईदा लिन सकिने आदि ईत्यादी बिषयमा एएनए उन्मुख रहेको र त्यस बिषयमा समेत केन्द्रित रहेको थियो l

एएनए का संस्थापक अध्यक्ष हरि शर्मा(विधा वारिधि ) समाज सेवी बिष्णु पौडेल (बिद्या वारिधि ),प्रा गोपी उप्रेती (बिद्या वारिधि )महा बाणिज्य दुत प्रेम राजा महत ,एएनए का अध्यक्ष मेदिनी अधिकारी तथा वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले एएनएले चाल्नु पर्ने कदम ,लिनु पर्ने सहि मार्ग ,दायित्व,अनुभव ,बिगतमा एएनए को सामाजिक भूमिका र कसरी अगाडी जाने बिषयमा आफ्ना आफ्ना विचारहरु राखेका थिए l

यसको साथै अमेरिकाको विभिन्न राज्य ,डिसी महानगर क्षेत्रका नेपाली समुदायका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,आमन्त्रित अतिथि तथा क्यानडा बाट समेत आएका शुभ चिन्तक तथा पदाधिकारीहरुको उपस्थितिमा चरणबद्ध रुपमा आफ्ना कुराहरु राखे l

संस्थाको तर्फ बाट पदाधिकारीले १९८३ मा स्थापित गरिमामय ईतिहास बोकेको एएनए अब कसरी अगाडी बढ्ने र अमेरिकामा रहेका अन्य संघ तथा संस्थाहरु संग जोडिने र एक बद्ध हुने कुराहरु चलि रहेको र छलफल भै रहेको बिषयले चर्चा परिचर्चा पायो l

उक्त सभामा नव निर्वाचित एएनए कार्यकारी समितिले सपथ ग्रहण लिएका थिए भने समितिको कार्यकाल २०१७ देखि २०२० सम्म रहने छ l एएनए निर्वाचन समितिको सभापतिमा महेन्द्र कार्की ,सह सभापतिमा कृष्ण निरोला तथा सदस्यमा विजय कुमार भट्टराई रहेका थिए l

सभामा आफ्नो मन्तब्य राख्नेहरुमा जन सम्पर्क समिति अमेरिकाका उप सभापति केशव बराल ,बाना का अध्यक्ष अनु वन्त श्रेष्ठ ,टेक्ससका एएनए का शुभचिन्तक तथा समाजसेवी अन्जन श्रेष्ठ ,एएनए का पूर्व अध्यक्ष कृष्ण निरोला ,नर्थ क्यारोलिना बाट आएका नासाका महासचिव शिव बिष्ट ,प्रवासी नेपाली मंच अमेरिकाका सभापति प्रभु थापा ,नेजाका वरिष्ठ उपाध्यक्ष गुणराज लुइँटेल ,बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ तथा अन्यले आफ्ना भनाई राख्नु को साथै शुभकामना दिएका थिए l

यसको साथै भर्जिनियाका समाज सेवी कृष्ण भण्डारी ,राजन अधिकारी लगायत युवा पिढीले युवाहरुलाई कसरि समेट्ने र उनीहरुको काँधमा जिम्मेबारी दिने कुरामा जोड दिएका थिए l अब को नेतृत्व युवाहरुमा जानु पर्ने कुरामा छलफल हुनुको साथै बिगतमा एएनए सम्मेलन भए झैँ त्यसै कार्यक्रमहरु लिएर आउनु पर्ने कुरामा युवाहरुले आफ्ना विचार राखेका थिए l

विभिन्न आरोह र अवरोह झेलेको एएनए ले आउदा दिनमा बिगत जस्तै बनोस भन्ने शुभकामना दिदै एकताको कदमले सहि मार्ग लिन सकोस भन्ने शुभकामना दिएका थिए l एएनए साझा उद्देस्यको लागि अमेरिकाको अन्य राज्यहरुमा स्थापित अन्य सामाजिक संस्थाहरु संग साथ हिड्ने र यस बिषयमा अन्तरिक रुपमा छलफल भै रहेको जानकारी गराईएको थियो l कार्यक्रम संचालन वरिष्ट उपाध्यक्ष खगेन्द्र अधिकारीले गरेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...