Sunday, July 2, 2017

एसएसपी उपाध्यायले सम्पुर्ण फरार अपराधि तथा अभियुक्त पक्राउ गर्न र सिमामा हुने अपराधिक गतिविधिप्रति निर्देशन

अञ्चल प्रहरी कार्यालय, नारायणीका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक सुर्यप्रसाद उपाध्यायले कुनै पनि घटना घटेको १० मिनेट भित्र घटनास्थलमा पुग्न मातहतका प्रहरिलाइ निर्देशन दिनुभएको छ ।
जिल्ला प्रहरि कार्यालय मातहतका युनिट इन्चार्जहरुको भेलामा वहाले भन्नुभयो, “ प्रहरिप्रती जनताको विश्वास थप बढाउनु जरुरि छ, अव घटना भएको बढिमा १० मिनेट भित्र घटनास्थलमा पुग्नेगरि तयारि रहनुस ।” एसएसपी उपाध्यायले सम्पुर्ण फरार अपराधि तथा अभियुक्त पक्राउ गर्न र सिमामा हुने अपराधिक गतिविधिप्रति निगरानि बढाउन समेत निर्देशन दिनुभयो । तराइका जिल्लाहरुमा देखिएको सुरक्षा संवेदनशिलताको कारण पर्सा जिल्ला पनि प्रभावित छ । यस्तो अवस्थामा अवान्छित तत्वबाट हुने सुरक्षा खतराको कडा निगरानिमा प्रहरि लाग्नु पर्ने बताउदै उपाध्यायले भन्नुभयो “हतियार बेचबिखन, जालि नोटको कारोबार तथा मानव तस्करी नियन्त्रणमा अर्जुनदृष्टि लगाउनु होस ।”

अराजनीतिक गतिविधि र सीमा अपराधको कारण विगतमा सिंगो नेपालकै प्रतिष्ठा बोकेको विरगंज शहरले बर्तमान समयमा बेहोर्नु परेको सुरक्षा खतराका कारण शहरको प्रतिष्ठामै आंच पुग्न सक्ने बताउदै एसएसपी उपाध्यायले भन्नु भयो “बिरगंजलाइ नेपालकै सर्वाधिक सुरक्षित शहर बनाउन प्रहरि प्रतिबद्ध छ ।” वहाँले अबैध घरेलु मदिरा, रक्सि तथा भट्टिहरु नष्ट गर्ने अभियान समेत संचालन गरिने बताउनु भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...