Sunday, July 9, 2017

कोलोराडोमा भानु जयन्ति संगै कवी गोष्ठी सम्पन्न

जुलाई ८, २०१७ जुलाई ८, २०१७ कोलोराडो, अमेरीकानेपाली भाषीक एकताका नायक तथा आदि कवी भानुभक्तको २०४ औं जन्म जयन्तिको उपलक्ष्यमा कोलोराडोमा कवी गोष्ठी समारोह सम्पन्न गरिएको छ ।अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा सनिबार भानुको तस्विरमा माल्यार्पण र भाषीक एकतामा उनको देनको चर्चा संगै कवि गोष्ठि संम्पन्न भएको हो । समारोहमा, कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवी कवयत्री, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिकको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रमको सुरुमा उपस्थित सबैले भानुको तस्विरमा फुलमाला चढाई श्रद्धा अर्पण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी बिकले कार्यक्रम सफलताको शुभकामना दिएका थिए भने कार्यसमिती सदस्य तथा कवी ज्ञानेन्द्र काङ्खलेले भानुको परिचय संगै उनले नेपाली भाषीक एकतामा पु¥याएको योगदानको प्रकास पारेका थिए । कार्यक्रमको दोश्रो सत्रमा सम्पन्न कवी गोष्ठीमा झण्डै डेड दर्जन भन्दा बढि कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ–आºनो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए । यसरी कवीता बाचन गर्नेहरुमा तारा अधिकारी, हरि लामीछाने, दामोदर लुईटेल, हरि अधिकारी, भिष्म प्रधान, पदम बिक, नातिबाबु भट्ट, मिना पौडेल, ज्ञानेन्द्र काङ्खले, बासु दाहाल, विजय अधिकारी, गौतमसागर राई भुपेन्द्र महत लगायत रहेका थिए । कार्यक्रममा यसोदा भट्टले असारे गीत र बाल कवयत्रीले मारिया अधिकारीले अग्रेजीमा कविता बाचन गरेकी थिईन ।  अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका उपाध्यक्ष मीना पौडेलको अध्यक्षतामा संम्पन्न कार्यक्रमा संस्थाका महासचिब गौतमसागर राईले उपस्थित सबैलाई स्वागत गरेका थिए भने ,सदस्य धन पौड्यालले कार्यक्रम संलालन गरेकी थिईन् । मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...