Monday, July 10, 2017

पहिरोमा परेका प्रहरीका परिवारलाई राहत

रत्ननगर ,चितवन,, २६ असार । चितवनको कालीखोलामा खसेको पहिरोमा परेर ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरीका परिवारलाई विभिन्न क्षेत्रबाट राहत उपलब्ध गराइएको छ ।

रातिको समयमा पहिरो पन्छाएर कार्यालयतर्फ फर्कने क्रममा यही असार ९ गते बिहान इलाका प्रहरी कार्यालय, मुग्लिनका चारजना प्रहरीलाई पहिरोले बगाएको थियो । तीनजनाको शव भेटिएको छ भने अर्का एकजना अझै बेपत्ता छन् ।

उनीहरुका परिवारलाई विभिन्न सङ्घसंस्था, व्यक्ति तथा प्रहरीहरुबाट सङ्कलित रु पाँच लाख रकम राहतस्वरुप उपलब्ध गराइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रहरीहरुबाट सङ्कलित रकम जनही रु ३० हजारका दरले रु एक लाख २० हजार, इच्छाकामना गाउँपालिकाकोतर्फबाट जनही रु २० हजारका दरले रु ८० हजार तथा नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष बद्रीप्रसाद चौलागार्इंबाट जनही रु २५ हजारका दरले रु एक लाख उनीहरुका परिवारलाई उपलब्ध गराइएको छ ।

त्यस्तै नारायणी जग्गा तथा आवास व्यवसायी सङ्घ चितवनका अध्यक्ष बाबुराम अधिकारीबाट जनही रु २५ हजारका दरले रु एक लाख र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीबाट जनही रु २५ हजारका दरले एक लाख रकम उपलब्ध गराइएको पनि प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय, मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित प्रहरी जवानहरु दीपक मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङलाई उक्त पहिरोले बगाएको थियो । चारजनामध्ये तीनजनाको शव फेला परेको थियो भने सन्दीप कार्की अझै बेपत्ता छन् ।

छ तोला सुनसहित रु तीन लाख चोरी

चितवनको भरतपुर महानगरपालिका वडा नं २ स्थित आँपटारीमा गएराति एउटा घरबाट सुनसहित लाखौँ नगद चोरी भएको छ ।

स्थानीय रङ्गबहादुर श्रेष्ठको घरमा डेरागरी बस्ने तनहुँ घर भएका ज्ञानबहादुर थापाको कोठामा चोरी हुँदा छ तोला सुनसहित रु तीन लाख र तीनवटा घडी लगेकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार थापाकी छोरी भर्खरै विदेशबाट आएको र उनी काठमाडौँ गएका बेला उनको खालीकोठामा पसेर दराज फोरी चोरी गरेको पाइएको छ । ज्ञानबहादुर थापा अर्को कोठामा सुतेकाले घटना बिहानमात्रै थाहा पाएको प्रहरीले जनाएको छ ।

चोरी गर्ने व्यक्ति फरार रहेकाले खोजी जारी रहेको जिप्रका, चितवनले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...