First Nepal Park Library Campaign
सभ्य र शिक्षित समाजको परिकल्पनाको अवधारणा अनुरुप काठमाण्डौ महनगरपालिका ३२ सचेतमार्ग ब्लक न २ पेप्सिकोला टाउनप्लानिङमा रहेका श्री कपुर गार्डन भित्र नेपालकै प्रथम पार्क पुस्तकालय First Nepal Park Library निर्माणको लागी हमीले झण्डै ८ महिना देखी हामीले स्वदेश तथा विदेशमा रहनुभएका हितकारी, मनकारी एवम परोपकारी दाज्युभाइ तथा दिदी बहिनीहरुलाई नैतीक एवम आर्थिक सहयोगका लागी अपिल गरेका थियौ ।
२०७४ जेठ् १३ गते शनिवार May 27, 2017 निर्माणको लागि शिलान्यास समेत भैसकेको तर निर्माणका लागी बिभिन्न निकायबाट सिफारिस र स्वीकृती लिनुपर्ने भएकाले हामीले निर्माण कार्यलाई समयमा शुरु गर्न सकेनौ यसमा क्षमाप्राथी माग्दै अहिले सम्पूर्ण प्रकृया सकेर निर्माणको कार्य शुरु भैसकेको यहाँहरुसबैलाई जानकारी गराउँदछ ।
अबको तिन हप्ता भित्र नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ यसर्थ बिभिन्न देशमा रहनु भएका हाम्रा मित्र, अभिन्न मित्र, शुभचिन्तक एवम अभियन्ता मित्रहरुलाई यो एैतिहासिक अभियानमा आ आफ्नो तह तप्काबाट पूर्णसाथ र आर्थिक सहयोगको लागी हार्दिक निबेदन गर्दछौ ।
बिकु लामा
अध्यक्ष एबम पार्क पुस्तकालय अभियन्ता
प्रथम नेपाल पार्क पुस्तकालय काठमाण्डौ
श्री कपुर गार्डेन
नवराज आचार्य
अन्तर्राष्ट्रिय संयोजक एबम पार्क पुस्तकालय अभियन्ता
हाल इजरायल
No comments:
Post a Comment