Tuesday, July 11, 2017

राष्ट्रपतिसँग जापानी उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ, २७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका जापानका संसदीय उपविदेश मन्त्री कियोशी ओडावाराले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो ।

सो अवसरमा दुई देशबीच रहिआएको सुमधुर सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएका राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त भेटका अवसरमा नेपालस्थित जापानका राजदूत एवम् नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...