Friday, July 7, 2017

ह्वाइट हाउस द्वारा समाज सेवी मणी नेपाली पनेरु पुरस्कृत

अमेरिकी राष्ट्रपतिको कार्यालय अन्तर्गत कर्पोरेसन फर नेशनल एन्ड कम्युनिटी सर्भिसले सामुदायिक तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा गर्ने सामुदायिक नेतृत्वलाई हरेक बर्ष प्रदान गर्ने द प्रेसीडेन्ट भोलेन्टियर सर्भिस स्वर्ण पदकबाट एकजना नेपाली पुरस्कृत भएका छन् । समाजसेवामा उत्कृष्ट कार्य गरेको भन्दै ह्वाइट हाउसले क्यालीफोर्नीया निवासी मणी नेपाली पनेरुलाइ पुरस्कृत गरेको हो ।अमेरिकी राष्ट्रपतिको कार्यालय अन्तर्गत कर्पोरेसन फर नेशनल एन्ड कम्युनिटी सर्भिसले सामुदायिक तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा गर्ने सामुदायिक नेतृत्वलाई हरेक बर्ष प्रदान गर्ने द प्रेसीडेन्ट भोलेन्टियर सर्भिस स्वर्ण पदकबाट एकजना नेपाली पुरस्कृत भएका छन् । समाजसेवामा उत्कृष्ट कार्य गरेको भन्दै ह्वाइट हाउसले क्यालीफोर्नीया निवासी मणी नेपाली पनेरुलाइ पुरस्कृत गरेको हो ।पुरस्कृत हुनेहरुले सो सँस्था द्वारा बिभिन्न निकाय मार्फत अभिलेख गरिएका स्वयमसेवक अवधीको आधारमा कास्य ,रजत र स्वर्ण पदक वा राष्ट्रपतिय बिल्ला द्वारा सम्मानित हुन्छन ।
नेपाल  एसोसीएसन फर ग्लोवल कोअपरेशन (एनएजीसी)का संस्थापक अध्यक्ष मणि नेपाली पनेरुलाइ सामुदायीक सेवामा उल्लेख्य समय खर्च गरी उत्कृष्ट कार्य गरे बापत २०१६ को सो अवार्ड प्रदान गरिएको हो । विगत १३ बर्षदेखि अमेरिकाको क्यालीफोर्नीयामा बस्दै आएका पनेरु लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका  अध्यक्ष थिए । उनी लायन्स इन्टरन्यास्नल डिस्ट्रिक ४ सी ३ को जोन चेयरको रुपमा गैर नेपाली सामुदायिक सेवामा समेत सक्रिय थिए भने लायन्स क्लव अफ सान लेनार्डो मनकामनामा सर्टिफाईड गाइडिङ लायनको हैसियतले समेत सेवा पुर्याई रहेका छन।      विश्वभर ३५ देशमा शाखा रहेको नेपाल एसोसीएसन फर ग्लोवल को अपरेशनको वर्तमान नामक अध्यक्ष समेत रहेका पनेरुलाइ गत बर्ष ओबामा प्रशासनले नै सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पनेरुलाइ लायन्स क्लव एसोसिएसनका अन्तराष्ट्रिय अध्यक्ष जो प्रेस्टनले गत मंगलबार शिकागोमा आयोजीत एसोसियसनको भव्य शतबार्षिकी समारोहमा ६० हजार सहभागीहरु माझ  पदक पुरस्कार ,सुनको गोल्ड पिन (बिल्ला )र अमेरिकी राष्ट्रपतिको बधाई पत्र हस्तान्तरण गरेका थिए ।

द प्रेसीडेन्ट भोलीन्टियर अवार्ड सन् २००२ मा तत्कालीन राष्ट्रपती जर्ज डब्ल्यु बुसले स्थापना गरेका थिए । यस अधि यो अवार्ड पाउने नेपालीहरुमा बाला घिमिरे, उत्तम कार्की र लीला कार्की छन् । पुरस्कृत भएपछि पनेरुले, श्रीमती हेमा पनेरु, डिस्ट्रिक्ट गभर्नर राजेन थापाको सहयोगबाट यो सम्भव भएको बताउदै अवको समय नेपालको सेवामा विताउने प्रतिवद्धता जनाए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...