Tuesday, July 4, 2017

नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको दोश्रो अडिसन असार ३१ गते हुदै

काठमाडौँ : नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्स मोडल नेपाल प्रतियोगिताको आयोजना गर्ने भएको छ l

असार १७ गते शनिबार द ग्रीन क्याफे तिनकुनेमा पहिलो अडिशन भएको उक्त सौन्दर्य प्रतियोगिताको दोश्रो अडिशन भने यहि आउदो असार ३१ गते हुने भएको छ l

पहिलो अडिशनमा पचास जना महिला तथा पुरुषहरुले अडिशन दिन आएको कुरा आयोजक सस्थाले जानकारी गराएको छ l उक्त प्रतियोगिता भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन l

सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले सङस नेपाल प्रालिको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन l

प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्म र महिलाको उचाइ ४’ ५” र पुरुष ५’५” भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ l उक्त प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए। इच्छुक प्रतियोगी हरु सम्पर्क को लागि तल को ठेगानामा सम्पर्क गर्न सक्नेछन l Contact us for more details or Inbox us Phone- 9844271872//9809649541 ९८१८४७४२४१

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...