Saturday, July 29, 2017

गौरी जोशी अध्यक्ष पदको उम्मेदवार हुन पाऊने आदेश न्यायीक कमिटीले गरयो।

एनआरएन एनसीसी अफ युयसएको न्यायिक समितिले गौरी जोशी ऊजुरीकर्ताविरुद्ध निर्वाचन आयोग, एनआरएन एनसीसी अफ युयसए भएको विवादमा गौरीजोशी अध्यक्ष पदको लागि संस्थाको वाईलजको धारा ११० वमोजिम  योग्यतापुगेका सदस्य भएको हुदा ऊन्को नाम तत्कालै अध्यक्ष पदको उम्मेदवारकोसुचिमा राखी प्रकाशित गर्नु भनि जुलाई २९, २०१७ का दिन निर्वाचन आयोगकोनाममा आदेश जारी गरेको छ।

न्यायिक कमिटीको आदेशमा एनआरएन एनसीसी अफ युयसएको अध्यक्षपदको उम्मेदवार हुनका लागि यो संस्थाको वा आईसीसीको कार्यकारी सदस्यकोहैसियतले एउटा अवधि काम गरेको हुनु पर्ने भन्ने प्रावधान अमेरीको कानुन रसंस्थाको विधान प्रतिकुल रहेको समेत ठहर गरी गौरी जोशीसंग संस्थाकोवाईलजले नतोकेको अतिरिक्त योग्यता नमाग्नु भन्ने पनि उल्लेख छ। यद्यपिजोशीले आफुले यो संस्थाको वाईलजमै नभएको अतिरिक्त योग्यता आफुसंगरहेको प्रमाण पेश गरेको र निर्वाचन आयोगले त्यस्लाई स्वीकार गरकोअवस्थालाई पनि कमिटीले जानकारीमा लिएको छ।

त्यसैगरी रामबाबु पाण्डे उजुरीकर्ता विरुद्ध निर्वाचन आयोग भएको अर्कोविवादमा आजै कमिटीले संस्थाको आजिवन सदस्य रहेका पाण्डेको नाममतदाता नामावलीमा नभएको भन्दै निर्वाचन आयोगले निजको नामक्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदको उमेदवारी हुनबाट अयोग्य ठहरयाएकोनिर्णयलाई बदर गर्दै अविलम्व निज पाण्डेको नाम मतदाता नामावलीमा समावेशगरी अध्यक्ष पदको उम्मेदवारको सुचीमा राख्नु भन्ने आदेश गरेको छ।

 

कमिटीको आदेशको एक प्रति तपाईको जानकारीका लागि संलग्न गरिएको छ।

 

विनोद रोका, एर्टनी एट ल, न्युर्योक

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...