Thursday, July 6, 2017

गायक रोमी मगरको हाम्रो भाउजु पोईला गई बोलको गीत तथा भिडियो सार्वजनिक

गायक रोमी मगरको सुमधुर आवाज रहेको हाम्रो भाउजु पोईला गई बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । हाईलाईट्स नेपालबाट सार्वजनिक भएको छोटो समयमा धेरै राम्रो प्रतिक्रिया पाएको यो गीतको शब्द तथा संगीत रोमी मगरकै रहेको छ । सुन्दर लामाको एरेन्जमेन्टमा तयार उक्त गीत तराना रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

सत्यतथ्य घटनामा आधारित उक्त गीतमा श्रीमान्हरु विदेशमा पसिना बगाएर घरमा श्रीमती, बालबच्चाहरुलाई पैसा पठाउछ । यता श्रीमतीहरु भने अर्कै केटाहरुसंग मोजमस्ति गरेर पैसा उडाउँछन् र श्रीमान् घर आउँदा श्रीमती पोईला गईसक्छ । यो समस्या अधिकांश दाजुभाईहरुले भोगिरहेको समस्या हो । यस्तै यस्तै घटनालाई आधारित बनाएर तयार यस गीतको उद्देश्य चाही आउने दिनहरुमा यस्ता विकृति रोकियोस् र सभ्य र अनुशासित समाज निर्माण होस् भन्ने रहेको छ ।

 

भिडियोलाई गायक स्वयं मगरले निर्देशन गरेका छन् भने छायांकन र सम्पादन ईशक जबेगुको रहेको छ । गोविन्द प्रभातको कोरियोग्राफि रहेको यस भिडियोमा चर्चित हास्य कलाकार निरु खड्काको साथमा कृष्ण रसाल, दिपेन, सुस्मिता र रोमीको अभिनयलाई देख्न सकिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...