Sunday, July 2, 2017

उपप्रधानमन्त्री नयाँ दिल्लीमा

काठमाडौँ, १८ असार । भारतको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री कृष्णबहादुर महरा नयाँदिल्ली पुग्नुभएको छ ।

उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतको बाह्य मामिला मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

आजै साँझ परराष्ट्रमन्त्री महराले नेपालका लागि नयाँ दिल्लीस्थित विभिन्न मुलुकका राजदूत एवम् कूटनीतिक नियोगका पदाधिकारीसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...