नोभेम्बर २०१० टोरोन्टोमा पहिलोपटक नेपाली टोपी ईभेन्ट भनेर कार्यक्रमको आयोजना भएको थियो । त्यसपछि यसले निरन्तरता पाउदै गयो ।
नेपालीसाहित्य समाज, क्यानाडाको पहलमा वर्षमा दुई तीनपटक टोपी ईभेन्टको नामबाट विभिन्न साहित्यिक कार्यक्रमहरु आयोजना हुँदै आएको छ ।
आजजुलाई ९ आईतबारका दिन गुरु पूर्णीमाको पावन अवसरमा नेपाली साहित्य समाज, क्यानाडाले पुस्तक विमोचन, भयवादका बारेमा चर्चा र काव्यगोष्ठीको आयोजना गरेको थियो ।
नेपालबाट आउनु भएका भाषा, व्याकरण र साहित्यका विद्वान प्रा. डा. टङ्कप्रसाद न्योपानेको प्रमुख अचातिथ्यमाआयोजित आजको कार्यक्रमलाई तीन चरणमा बाडिएको थियो ।
कार्यक्रमका बारेमा समाजका संस्थापक तथा वर्तमान सल्लाहकार डा. तुलसी धरेललेजानकारी गराएर कार्यक्रम संचालन गर्नु भएको थियो ।
समाजका महासचिव रबिन थपलियाको स्वागत मन्तव्य र सदस्य अनुप न्योपानेको समाजगतिविधिका बारेमा जानकारी
गराएपछि शुरु भएको कार्यक्रमको पहिलो चरणमा समाजका पूर्व अध्यक्ष मुक्ती गौतमको नविनतम् काव्यकृति भेरीकिनारमा एक क्षणको लोकार्पण नेपालबाट आउनु भएका विद्वान प्रा. डा. टङ्कप्रसाद न्योपानेसहित डा. राजन पोखरेल र डा. गोबिन्दसिंह रावतले
संयुक्तरुपमा गर्नु भएको थियो । त्यसपछि आफ्नो पुस्तक र लेखनका बारेमा मुक्ती गौतमले प्रकाश पार्नु भएको थियो । वहाँले लेखेर आत्म सन्तुष्टी पाउनेभएकोले लेखनलाई निरन्तरता दिदै गएको भन्नु भयो । मुक्ती गौतमले संग्रहभित्रको सामाजिक व्यग्य रहेको जुत्ता कविता वाचन गर्नु भएको थियो ।
लोकार्पण भएको काव्यकृति भेरी किनारमा एक क्षणको काव्य प्रवति र विशेषताका बारेमा डा. राजन पोखरेलले प्रकाश पार्दै कृतिलाई डायस्पोरिकलेखनलाई प्रतिनिधित्व गर्ने कृतिका रुपमा चर्चा गर्नु भएको थियो ।
डा. पोखरेलले यस कृतिको विशेषता भनेको आफ्नो मानवीय संवेदनालाई समातेरगाँउलाई शब्दका माध्यमबाट हुबहुँ चित्र उतारेको र नेपाल समाजको वास्तविकतासँगै द्वन्द्वको पीडाको पनि बयान गरेको बताउनु भयो ।
पुस्तक विमोचनपछि नेपालबाट आउनु भएका विद्वान प्रा. डा. टङ्कप्रसाद न्योपानेलाई नेपाली साहित्य समाज, क्यानाडाले सम्मान गर्दै सम्मान–पत्र प्रदानगरिएको थियो । समाजका अध्यक्ष डा. गोबिन्दसिंह रावत, महासचिव रबिन थपलिया र सल्लाहकार डा. तुलसी धरेलले संयुक्त रुपमा डा. न्योपानेलाईसम्मान–पत्र प्रदान गर्नु भएको थियो ।
दोस्रो चरणको कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउनु भएका भाषा साहित्यका विद्वान प्रा. डा. टङ्कप्रसाद न्योपानेले प्रारम्भमा मानक नेपालीभाषाका लागि उनले गरेका प्रयासहरुका बारेमा जानकारी गराउँदै भाषा रहे हामी रहन्छौ र हामी जहाँ रहे पनि र जहा गए पनि हामी सँगसँगै भाषापनि त्यहाँ पुग्ने भएकोले भाषा जोगाउने काम हामी सबैको हो भन्दै समाजको कार्यहरुको सराह्ना गर्नु भयो ।
दोस्रो चरणको भयवादबारे जानकारीगराउन अघि भयवादका आविस्कारक देश सुब्बाले हङकङबाट पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । देश सुब्बाले क्यानाडामाभयवादको चर्चा पहिलोपटक भएकोमा समाजप्रति कृतज्ञता अर्पण गरेका छन् ।
त्यसपछि भयवादका बारेमा यसको पृष्ठाभूमि र अवधारणका बारेमा प्रा. डा. टङ्कप्रसाद न्योपानेले आफ्नो कार्यपत्र पढेर सुनाउनु भएको थियो । उनलेनेपालबाट चारवटा मौलिक दर्शनहरूको प्रतिपादन भएको बारे जानकारी गराउँदै कपिलको सांख्यदर्शन, सिद्धार्थ गौतमको बौद्ध दर्शन, बालकृष्णसमको नियमित आकस्मिकता पछि देश सुब्बाको भयवाद मौलिक दर्शनका रुपमा आएको बताउनु भयो ।
उनले पछिल्लो विचार वा चिन्तनका रूपमाभयवाद देखा परेको छ बताउदै भयवादीय अवधारणा निर्माणका प्रारम्भिक दिनहरूमा पहिले भय सम्बन्धी विचार आयो, त्यसपछि यसलाई साहित्यकामाध्यमबाट प्रमाणित गर्न देश सुब्बाको आदिवासी उपन्यास प्रकाशित भयो र त्यसपछि २०५४ सालमा देश सुब्बाकै अप्रकाशित उजाड उपन्यासकापाण्डुलिपिमा परेका भयवाद शब्दलाई शरण सुब्बाले रातो मसीले अधोरेखाङ्कन गरेपछि त्यसैलाई देश सुब्बाले विकास गर्दै लगेका थिए । यसै क्रममाहङकङबाट प्रकाशित टापु पत्रिकामा देश सुब्बाकै भयविमर्श नामको एउटा छोटो लेख प्रकाशित भयो । यसै सन्दर्भमा २०६३ सालमा काठमान्डुमाभयवादको घोषणा भएको जानकारी गराउनु भयो । यसै सन्दर्भमा डा. न्यषेपानेले २०६६ मा एउटा टिप्पणी गरेको थिएँ ः भयवाद एउटा नेपालीलेविश्वलाई दिएको नयाँ उपहार भनेर । आज उनले गरेको टिप्पणी सार्थक भएको छ ।
आज भयवाद साहित्यिक आन्दोलनमात्र रहेन, यसले दर्शनकोस्थान लिंदै आएको भन्दै सन् २०१४मा नेपाली भाषामा भयवाद र अङ्ग्रेजीमा फिलोसोफी अफ फियरिज्म नामका पुस्तकहरू अमेरिकाकोएक्लिबिरिस भन्ने प्रकाशनले प्रकाशित गरेको जानकारी दिनु भयो
देश सुब्बा र क्यानाडाका डा. फिसरका संयुक्त लेखनमा फिलोसोफी अफफियरिज्म ः अ फस्र्ट इस्टवेस्ट डाइलग नामक
No comments:
Post a Comment