Monday, July 10, 2017

२ करोड ठगी आरोपमा नेवि संघका पूर्वउपाध्यक्ष शाह पक्राउ

२६ असार, काठमाडौं । करिब २ करोड ठगी गरेको आरोपमा नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह पक्राउ परेका छन् । उनलाई १५ दिन थुनामा राख्न अनुमति दिइएको छ ।

 

१ करोड ९७ लाख रुपैयाँ उठाएर फरार भएको भन्दै उजुरी परेपछि महानगरीय अपराध महाशाखाले बुधबार शाहसहित चार जनालाई पक्राउ गरेको हो । जापान र अमेरिका पठाइदिन्छौं भनेर ठगेको उजुरी परेपछि पक्राउ गरिएको एसएसपी प्रकाशजंग कार्कीले जानकारी दिए ।

जापान जान १० लाख र अमेरिका जान २० लाख लाग्ने भन्दै शाहले पैसा उठाएको भन्दै प्रहरीमा उजुरी परेको छ । अहिलेसम्म १ करोड ९७ लाख ठगी भएको उजुरी परेको छ तर, अरु पनि हुनसक्ने प्रहरीको आशंका छ ।

ठगी भएका अधिकांश युवायुवती सल्यानका छन् । र, ऋषिकेश जंग शाह पक्राउ परेको खबर पाएपछि उनीहरु अहिले पनि दैनिकजसो महानगरीय प्रहरी अपराध महाशाखामा धाउने परेका छन् ।

नेविसंघ पूर्वउपाध्यक्ष शाह पनि सल्यानकै हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...