Saturday, July 8, 2017

क्यालिफोर्नियाकि १९ बर्षिय किशोरीले १ हप्ता मा २ वटा ठुलो धनराशीको चिट्ठा जितिन

पुर्पुरोमा लेखेको छ भने कति खेर आकस्मिक द्रब्यको वर्षा हुन् भन्ने थाहा नै हुँदैन l यस्तै लक्ष्मीको आशिर्बाद र बरदानले क्यालिफोर्निया कि १९ बर्षिय के खाऊ र के लाऊ भन्ने उमेर कि एक किशोरीलाई ठुलो आर्थिक लाभ प्राप्ति भएको छ l केवल एक हप्ता भित्र दुई वटा ठुला राशी भएका चिट्ठा जित्न सफल भएकी छिन् l

उनले २ वटा चिट्ठा बाट ६ लाख ५५ हजार ५ सय ५५ अमेरिकन डलर धनराशिको चिट्ठा जितेकी छिन् l रोजा डोमिनगुज नाम कि किशोरी एरिजोना बाट गाडी चलाउने क्रम मा बीच बाटोमा ईन्धन चौकी(ग्यास स्टेसन )मा केहि कोपार्ने (स्क्राचर )चिट्ठा किनी त्यहि पसलमा कोट्याउने क्रममा सवै भन्दा ठुलो राशिको चिट्ठा ५ लाख ५५ हजार ५ सय ५५ डलरको चिट्ठा परेको थियो l

उनले पुरस्कार जिते पछि अति नै ब्याकुल भएको र आफु रुन चाहन्थे भनि चिट्ठा ब्यबसायी अधिकारीलाई भनिन l उक्त ठुलो धन राशिको चिट्ठा जिते को केहि दिन मै ५ डलर को चिट्ठा बाट भाग्य चम्काउन चाहिन फलस्वरूप उनले १ लाख डलर को पुरस्कार जितेकी थिइन् l यसरी हप्ता दिन भित्र ठुलो राशिको चिट्ठा बिरलै मानिसलाई पर्ने हुन्छ l जिते पछि नया कार किन्ने ईक्षा जाहेर गरेकी छिन् l

 

तस्बिर सौजन्य : क्यालिफोर्निया चिट्ठा

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...