Monday, July 31, 2017

आशा सार्कीको हेलिकोप्टरद्वारा उद्धार

दुनै(डोल्पा) १६ साउन । खुट्टा भाँचिएर रगत बगेका कारण गम्भिर अवस्थामा पुग्नुभएकी रुकुम जिल्ला गोतामकोट– ५ की आशा सार्कीलाई आज हेलीकोप्टरमार्फत उपचारका लगि सुर्खेत पु-याइएको छ ।
यही साउन १४गते ठूलीभेरी नगरपालिका अन्तर्गत सुलिर्गाडमा गिट्टी कुट्दै गर्दा दाँयाखुट्टामा ढुंगाले लागेर भाँच्चिएकाकारण गम्भिर अवस्थामा पुगेकाले नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि सुर्खेत पठाइएको हो ।

भाँचिएको ठाउँबाट रगत धेरै बगेपछि उहाँको उपचार जिल्ला अस्पतालमा सम्भव नदेखिएकाले थप उपचारका लागि जिल्ला बाहिर लगिएको निमित्त प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले जानकारी दिनुभयो ।

गृह मन्त्रालयमा अनुरोधपछि सुर्खेतबाट हेलिकप्टर आउन तयार भए पनि मौसममा सुधार नभएका कारण दुई दिनदेखि हेलिकप्टर डोल्पा आउन सकेको थिएन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...