Saturday, July 15, 2017

५२ एचआइभी संक्रमित

गौशाला, ३१ असार । आव २०७३-०७४ मा महोत्तरी जिल्लामा एचआइभी संक्रमित व्यक्ति ५२ जना रहेको विवरण सार्वजनिक गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले वार्षिक समीक्षा गोष्ठीका क्रममा शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार आव ०७३÷७४ को असारसम्ममा एचआइभीबाट संक्रमित व्यक्तिको संख्या ५१ जना पुगेको छ । आव ०७२÷७३ मा भने जिल्लामा १० पुरुष, ११ महिला र तीन बालक गरी २४ जना व्यक्ति एचआइभीबाट संक्रमित थिए ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा नागेन्द्र यादवका अनुसार जिल्लाका विभिन्न गाउँका २९ पुरुष, १८ महिला, एक गर्भवती र तीन बालक एचआइभीबाट संक्रमित छन् । एचआइभी संक्रमित सबै जनाले जिल्ला स्वास्थ्य कार्यालयबाट एआरटी (औषधोपचार) सेवा लिइरहेका छन् ।
गत आवमा संक्रमित २४ जनामध्ये गत पुसमा एक जनाको मृत्यु भएको जनाइएको छ । कार्यक्रममा सहभागी स्थानीय विकास अधिकारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, सञ्चारकर्मीलगायत प्रतिनिधिले जिल्लामा एचआइभी संक्रमणले भयावह रुप लिइरहेको निष्कर्ष निकाल्दै यसको संक्रमणलाई रोक्न सबैले आआफ्ना तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता प्रकट गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...