Thursday, July 13, 2017

शेयर बजार पाँच अङ्कले घट्यो

काठमाडौँ, २९ असार । विगत केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार आज भने ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार करिब पाँच अङ्कले ओरालो लागेर एक हजार ५८२ बिन्दुमा आइपुगेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ०.८८ बिन्दुले घटेको छ ।

कुल १५० कम्पनीको २० लाख ४० हजार ७२८ कित्ता शेयर रु ७४ करोड ६४ लाख ७७ हजार एक मूल्यमा कारोबार भएको हो । स्टकका अनुसार अरु सबै समूहको शेयर कारोबारमा कमी आएको छ ।

अन्य समूह ११.८६ बिन्दुले उकालो लाग्दा बैंकिङ ४.७३, होटल ३४.३२, विकास बैंक ५.९७, जलविद्युत् ६.४२, फाइनान्स ७.०१, बिमा ५३.६७ र उत्पादन समूह ३४.४१ बिन्दुले घटेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...