Saturday, July 29, 2017

यही सरकारका पालामा संविधान कार्यान्वयन ःमन्त्री बस्नेत

भक्तपुर, १४ साउन । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले वर्तमान सरकारकै पालामा संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताउनुभएको छ ।

आज भक्तपुर जिल्लामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनुभएका जनप्रतिनिधिको बधाई तथा प्रशिक्षण कार्यक्रममा मन्त्री बस्नेतले वर्तमान सरकारले नै सबै निर्वाचन सम्पन्न गरेर संविधान पूर्णरुपमा कार्र्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो ।

सरकार संविधान कार्यान्वयनका लागि कार्ययोजनाअनुसार अघि बढ्ने बताउँदै उहाँले भन्नुभयो,–“संविधान कार्यान्वयनको नेतृत्व नेपाली कांग्रेसको काँधमा आएको छ, मुलुककै ठूलो दल र सत्तासिन दलको भुमिकामा कांग्रेसले संविधान कार्यान्वयनको नेतृत्व गर्छ, यसमा शंका गर्नुपर्दैन ।”

स्थानीय तहको निर्वाचनमा कांग्रेसले सोचे जस्तो परिणाम ल्याउन नसकेको बताउँदै उहाँले अबको निर्वाचनमा विगतको समीक्षा गरी पार्टीले जीत हासिल गर्ने गरी सिंगो पार्टी पंक्ति एक ढिक्का भएर लाग्नुपर्ने आँैंल्याउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, सांसद रामेश्वर ढुंगेललगायतले अब आउने निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...