Friday, July 14, 2017

राजदुत कार्किले संखुवासभा समाजको अधिवेशन उद्धाटन गर्ने

जुलाई १३, २०१७
कोलोराडो, अमेरीका
अमेरीकाकोलागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्किले जुलाई १५ सनिबारका दिन एक समारोह बिच संखुवासभा कम्यूनिटी अफ यूएसएको अधिवेसन उद्धाटन गर्ने कार्यक्रम रहेको छ ।

कोलोराडो स्थित ¥याडीसन होटलमा महामहिम कार्किले नेपालको संखुवासभा जिल्लाबाट अमेरीकोको बिभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुको संस्था संखुवासभा कम्यूनिटी अफ यूएसए दोश्रो अधिवेसनको उद्धाटन गर्ने कार्यक्रम भएको संस्थाका अध्यक्ष शान्ति श्रेष्ठले बताएकी छिन् ।

संखुवासभामा जन्मेर हाल अमेरीकामा रहेका नेपालीहरु बिच एक आपसमा समन्वय, सद्भाव तथा सहयोग आदान प्रदान गर्ने र मातृ भुमीको बिकासको लागी एकजुट हुने संस्थाको उद्धेश्य रहेको छ । संस्थाको यस अधिवेसनबाट नया कार्यसमिती चयन गर्ने कार्यक्रम रहेको संस्थाका सचिव हरिकुमार श्रेष्ठले बताएका छन् । कार्यक्रममा भागलिन अमेरीकाको टेक्सास, क्यालिफोर्निया, भर्जिनिया लगायत बिभिन्न स्टेडबाट मनिसहरु आउने तयारी भएको बताईएको छ ।

राजदुत कार्किको कोलोराडोमा सुक्रबार देखि आईतबार साझ सम्म रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल द्धारा आयोजित समर पिकनिक लगायत बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा भागलिने कार्यक्रम रहेको बताईएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...