Saturday, July 15, 2017

युएईसित नेपाल शून्यका विरुद्ध पाँच गोलले पराजित -भिडियो सहित

एएफसी यू–२३ च्याम्पियनसिप क्वालिफायर्सअन्तर्गत समूह डी को पहिलो खेलमा युएईसित नेपाल शून्यका विरुद्ध पाँच गोलले पराजित भएको छ। अल अइनस्थित ताहोनोनविन मोहम्मद स्टेडियममा भएको खेलमा मुख्य प्रशिक्षक राजुकाजी शाक्यले नेपाललाई ४–५–१ को शैलीमा खेलाएका थिए। तर पेनाल्टीबाट अग्रता लिएको युएईले खेलको अन्तिम समयसम्ममा एकोहोरो पाँच गोल नेपाली पोस्टमा गर्‍यो। नेपालले दोस्रो खेल आगामी शनिबार उज्वेकिस्तान र बुधबार लेवनानसँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने अन्तिम चरणको प्रतियोगिताको लागि छनोट हुनेछ।

नेपाल यसअघिको दुई स‌स्करणमा छनोटको समूह चरणबाटै बाहिरिएको थियो। ८ खेल खेल्दा नेपालले अहिलेसम्म १ खेल मात्र जितेको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...