Thursday, July 6, 2017

माओवादी शक्तिबीच एकीकरण प्रयास भइरहेको छ प्रवक्ता भुसाल

नगरकोट, २२ असार । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिबीच एकीकरणको प्रयास भइरहेको बताउनुभएको छ ।

विभाजित शक्तिसँग कसरी एकीकरण गर्ने भन्नेमा पार्टीभित्र छलफल भइरहेको रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले बताउनुभएको हो । उहाँले नेकपा माओवादी मन्त्रिमण्डल विस्तारका लागि तयार रहेको बताउनुभयो ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण भएको दाबी गर्दै उहाँले तेस्रो चरणको निर्वाचन पनि यही सरकारले तोकिएकै समयमा गर्ने उल्लेख गर्नुभयो ।

राजपाले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाएकाले बाँकी निर्वाचनमा राजपाको पनि सहभागिता रहने उहाँको भनाइ छ ।

उहाँले सरकारले स्थानीय तहलाई प्रदान गरिसकेका कुनै पनि खालका अधिकार कटौती हुन नसक्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...