Friday, July 14, 2017

भन्छन नि ? आवाजमा जादु छ… आज देख्नपनि पाइयो – Nilmani Bhandari Live program

मेरो नाम निलमणी भण्डारी,जन्मस्थान् भोजपुर दिँङ्गला,पिताको नाम बिष्णु प्रसाद भण्डारी माताको नाम रण कुमारी भण्डारी,जन्मेको सात महिनामा पोलियो रोगका कारण अपांग जिवन् बिताइरहेको छु,मेरा दूबै खुट्टा र एउटा बायाँ हात पूर्ण रुपमा चल्दैनन्, विगत २०५८ साल देखि साँगितिक छेत्रमा लागिरहेको छु, मेरा अहिले सम्मका गिति एल्बम हरु:- मायाँ गाँसेर, चारतिरै बास्ना छरेर, कुहिरो लाग्यो, अभागीको कर्म, खोयाविर्के, अब

बजारमा आउने क्रममा रहेका एल्बम हरु :- म चिन्दिन भने,र अपाङ्ग जिवन।

पेशागत रुपमा काठमाण्डौका दोहोरी साँझ हरुमा ८ वर्ष गीत गाएँ, म पुर्वको मान्छे भएपनि पश्चिमे दोहोरी गीत गाउँछु, २०६२ सालमा बुटवलको औद्योगिक प्रदर्शनी मेलामा दोहोरी गीत प्रतियोगिता गरिएको थियो, त्यस बखत अहिलेकी चर्चित गायिका बहिनी देवि घर्ती दोस्रो र म प्रथम पुरस्कार जित्न सफल भएको थिएँ। नेपालमा भएका धेरै दोहोरी प्रतियोगितामा म प्रथम् भएको छु, त्यस बखत अहिलेको जस्तो युट्युब च्यानल र हरेक सामाजिक सञ्जाल भइदिएको भए आज म लाखौँ दर्शक र श्रोताको मन् मुटुमा बस्न सफल हुन्थेँहोला।तर बिडम्बना नै भन्नुपर्छ मैले गित सँगितको छेत्रलाई निरन्तरता दिन सकिन, कारण थियो आर्थिक अभाब् र मेरो शारिरीक अबस्था। हाम्रो यति सानो देशमा ३२ लाख अपाङ्ग हरु छौँ, त्यो ३२ लाख अपाङ्ग मध्येमा एक म पनि पर्छु, म जस्ता कति अपाङ्ग दाजुभाई दिदीबहिनीहरु आफ्नो प्रतिभा लाई गुम्स्याएर बसेका होलान् तिनिहरुको पिडा कसले बुझ्छ। म त छक्क परेको छु,अगाडी बढ्न खोज्दा खुट्टा तान्ने प्रचलन हाम्रो देशमा मात्रै हो कि अरु देशमा पनि छ कुन्नि? सँगै सङ्घर्ष गरेका एउटै स्टेजमा गित गाएका र म सँगै मेरो कोठामा बसेका अहिलेका राष्ट्रिय कलाकारको उपाधि पाईसकेका साथिहरुले मलाई नचिन्दा चाहीँ साह्रै दुःख लाउँछ। दुई चार ओटा एल्बम निकाल्दैमा र दुई चारओटा देश घुम्दैमा आफूलाई यो संसारकै सबैभन्दा ठूलो कलाकार ठान्ने हरुलाई मेरो भन्नु केही छैन। कहिले काहीं त यस्तो लाग्छ, मेरो कलाले यो साँगितिक जगतमा एउटा सानो स्थान सम्म नपाउँदा म किन नेपाल जस्तो गरिब देशमा जन्मेछु। तर यो देशका मान्छे हरु जति नै स्वार्थी भएपनि मलाई मेरो देश नेपाल नै प्राण भन्दा प्यारो लाग्छ, र ति स्वार्थी मान्छेहरुप्रति दया लागेर आउँछ। म एउटा पुस्तक प्रकाशन गर्ने क्रममा छु साहित्य प्रति पनि मेरो झुकाब भएको कारणले गर्दा मेरो जिवनी त्यहि पुस्तकमा लिएर चाँडै आउँदैछु, अहिले त्यही पुस्तकको लेखन कार्यमा आफ्नो समय खर्चिरहेको छु, गित संगीत र साहित्यलाई सँग सँगै अगाडी बढाउने प्रयासमा छु, हेरौँ समयले कहाँ पुर्‍याउँछ। र मेरो अर्को चाहना भनेको मैले चढ्ने चारपाँग्रे स्कुटरको बायाँपट्टिको चक्कामाथि बसेर एउटै हातले र एउटै ब्रेकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा गर्ने इच्छा छ, त्यसैगरी भोटेकोशीमा बञ्जिजम् गर्ने इच्छा छ, तर यो सबै गर्नको लागी तघारो बनेको छ, मेरो गरीबी। त्यसैले देश विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजू भाई दिदी बहिनी हरु सँग सहयोगको अपिल गर्दै मेरा दुई शब्दलाई यहीँ पूर्णँविराम दिएँ। जय होस्।।।।।।

Facebook : http://bit.ly/2ut1Npa

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...