Sunday, August 27, 2017

प्रवासी नेपाली मन्च अमेरिका द्वारा मन्दिर तथा सांस्कृतिक केन्द्र बनाउन १ करोड़ ११ हज़ारको सहयोग

 

रिजवुड नेपाली समाजले आयोजना गरेको श्रीमद् भागवत महायज्ञमा प्रवासी नेपाली मन्च अमेरिकाले १ लाख ११ हज़ार १ सय ११ डलर तथा ११ सेन्ट हस्तान्तरण गरेको छ ।

करिब १ करोड़ ११ लाख १ सय ११ रूपैया बराबर को चेक (धनादेस ) आज रिजउड नेपाली समाजलाई महापुराणमा रक़म हस्तान्तरण गरेको छ ।

विश्व भर स्थापित अन्य संघ/संस्थाले प्रवासी नेपाली मन्च अमेरिकाले गरेको यस पुन्य , उत्प्रेरित तथा उदाहरणिय काम बाट केही सिक्नु पर्ने अवस्था आएको छ ।

महापुराणमा अहिले सम्म कै सवै भन्दा ठूलो रकम चन्दा प्रदान गर्ने प्रवासी नेपाली मन्च अमेरिका भएको छ भने महापुराणका संयोजक समेत रहेका राजेश भट्टले ७५ लाख चन्दा दिएका थिए । यसै गरि समाजसेवी सुर्य लम्सालले पनि ३० लाख चन्दा दिएका थिए ।

प्रवासी नेपाली मन्च अमेरिका का वर्तमान अध्यक्ष प्रभु थापाले समुदायमा हुने यस्ता कार्यक्रममा हामी कहिले पछि नपर्ने बताए ।
प्रवासी नेपाली समाज अमेरिकाले गरेको सहयोग र अद्वितीय योगदान को मुक्त कन्ठले प्रसंसा गर्दै रिजउड नेपाली समाज तथा महापुराण आयोजक समितीले बिशेष धन्यबाद दिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...