Saturday, August 26, 2017

नेजाद्वारा महॉसंघको नवनिर्वाचित टीमलाई बधाई

अमेरिका, नेपाल स्थित पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महॉसंघको यहि भाद्र ४ र ५ गते सम्पन्न २५औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । महासंघका पूर्वउपाध्यक्ष समेतरहेका पत्रकार गोविन्द आचार्यको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको हो ।

यसै अवसरमा उत्तर अमेरिकामा रहेका नेपालीमूलका पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ, नेजाले महॉसंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको छ । नेजाका अध्यक्ष, भोला आचार्यले एक विज्ञप्ति प्रकाशित गर्दै महॉसंघको नयॉ टीमलाई बधाई तथा शुभकामना दिएका छन ।

नेजाले नेपाल पत्रकार महासंघसँग मिलेर पत्रकारिता पुरस्कार, घाईते एवं मृतक पत्रकारहरूलाई आर्थिक सहयोग जुटाउदै आएको छ । विगतका वर्षहरुमा जस्तै आगामी दिनहरूमा महासंघसँग आपसी सहमति र समझदारीमा सहकार्य गर्दै अझ दिगो र सार्थक संवन्ध कायम गर्ने कुरामा नेजा सदैव तयार रहेको नेजाका अध्यक्ष आचार्यले वताए

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...