अमेरिकी रक्तदाताहरुको सस्था ब्लड डोनर्स अफ अमेरिका (बि डी ए ) को दोस्रो राष्ट्रिय सम्मेलन २०१८ को मे महिना को २६ तारिख जर्जियाको एटलान्टा शहरमा हुने भएको छ l २०१८ को मेमोरियल डे लाई सम्झदै पहिलो सम्मेलन भएको ठिक २ वर्ष पछि दोस्रो सम्मेलन हुन् लागेको हो l सम्मेलनलाइ सफल बनाउन बि डी ए जर्जिया का राज्य संयोजक भविन्द्र बस्नेतको नेतृत्वमा सम्मेलन आयोजक समिति बनेको खबर बि डी ए का अध्यक्ष डा नन्द रेग्मीले बताउनु भएको छ l
उक्त सम्मेलनलाइ सफल बनाउन बि डी ए ले स्थानीय र राष्ट्रिय सस्थाहरु तथा सम्बन्धित सबै समुदायलाई अनुरोध पनि गरेको छ l यसै बीचमा आगामी सितम्बर ३, २०१७ का दिन नर्थ क्यारोलिनाको सार्लोटमा बि डि ए को आयोजनामा बृहत रक्त दान पनि हुने भएको छ l
नासा र आन्मा को संयुक्त १३ औं सम्मेलनको अवसरमा हुन् लागेको बृहत रक्तदान कार्यमा उपस्थित भएर सफल बनाउन पनि डा रेग्मीले अनुरोध गर्नु भएको छ l उक्त अवसरमा बि डी ए सम्बन्धि बिशेष कार्यक्रम हुने भएकोले बि डी ए सम्बन्धि सबैलाई आव्हान पनि गरिएको छ l
सन् २००९ मा स्थापित बि डी ए को पहिलो राष्ट्रिय सम्मेलन मे २७-२९ मा टेक्सास को डालसमा भएको थियो भने आजीवन र साधारण सदस्य गरि यस सस्थामा ३०० भन्दा बढी सदस्य रहेका छन् l यस सस्थाले अहिले सम्म हजारौ पिन्ट्स रगत दान गरि सकेको छ l
No comments:
Post a Comment