Thursday, August 31, 2017

रामसी पोखरलेको अध्यक्षता आजको एनआरएनएको आवश्यकता

न्यूयोर्कः अन्योल भइरहेको एनआरएनए अमेरिकाको चुनाव विभिन्न मुद्दा मामिला पार गर्दै अघि बढेको अवस्थामा सक्षम उम्मेद्वारी गौरीराज जोशीले आफू मुद्दा मामिलाबाट टाढा बसेर संगठनलाई बलियो बनाउन सघाउने भएका छन् । आफूले चुनावमा प्रत्यक्ष भाग नलिएर बाहिरबाट सहयोग गर्ने जोशीले भनाइ छ ।

मुद्दा मामिलामा जेलिएको अवस्थामा सक्षम व्यवसायिक व्यक्तित्व जोशीले मुद्दा र उम्मेद्वारी फिर्ता लिएपछि अझै पनि एनआरएनएमा अन्योल छ ।एनआरएनएको चुनावमा सरल, सक्षम, कुशल नेतृत्वदायी भुमिका वहन गर्न सक्ने व्यक्तिका रुपमा रामसी पोखरेल आजको आवश्यकता भएको ठहर सहित अमेरिका स्थित नेपालीको चाहना अनुरुप रामसी पोखरलेले उम्मेद्वारी दिएका छन् ।

जोशीले चुनावमा भाग नलिने भएपछि हाल एनआरएनएमा देखिएको अन्योलतालाई चिर्दे सवल र सक्षम नेतृत्वका लागि अमेरिका स्थित बुद्धिजिवी तथा विभिन्न राजनीतिक पार्टीको भावना र मर्म अनुरुप रामसी पोखरेलले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका हुन् । उहाँ हाल एनआरएनए अमेरिकाको उपाध्यक्ष हुन् । एनआरएनको भावना बुझ्ने व्यक्तिको रुपमा उहाँ स्थापित भभई सक्नु भएको छ ।

उहाँमा एनआनएनएलाई नयाँ ढंग र शिराबाट संचालन गर्न सक्ने क्षमता छ भने सम्पूर्ण आप्रवासी नेपालीको साथ र सहयोग छ । सफल व्यवसायी अर्थात सामाजिक व्यक्तित्व पोखरेलले नेपाल र नेपालीलाई समृद्ध बनाउने सपना साचेका छन् । अमेरिकाभरि फैलिएका नेपालीलाई एउटै सुत्रमा बाध्न तथा नेपालको तिव्र आर्थिक विकासको लागि एनआरएनको सीप, दक्षता, उद्यमशिलता र लगानी भित्र्याउन उहाँले अध्यक्ष पदमा उम्मेद्वारी दिनु भएको हो ।

‘एनआरएन अमेरिकालाई साझा चौतारीको रुपमा विकास गर्दै सुन्दर र सुगन्धित बगैचाको रुपमा विकास गर्ने मेरो उद्देश्य छ,’ उहाँले भन्नुभयो ‘संस्थालाई कसरी दीगो र संस्थागत बनाउन सकिन्छ भन्ने मेरो सोच र योजना छ, संस्थाको प्रवद्र्धनका लागि व्यापक कार्यक्रम ल्याउन म प्रतिवद्ध छु ।’

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...