Saturday, August 26, 2017

अमेरिकाको बाल्टिमोरबाट डिसीनेपाल र ईनेप्लीजले प्रत्यक्ष प्रशारण गर्ने

वाशिंगटन डिसी – यही अगस्ट २६ तारिख शनिबार अमेरिकाको बाल्टिमोरमा पहिलो पटक हुन गईरहेको नेपालीहरुको
गल्फ प्रतियोगिताको ईनेप्लीज र डिसीनेपालले आफ्ना २९ लाख नेपालीहरु समक्ष प्रत्यक्ष प्रशारण गर्ने भएको छ। अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्की (बिध्याबारिधी) ले गल्फ हानेर ऊद् घाटन गर्नु हुने यस गल्फ प्रतियोगिताको प्रत्यक्ष-प्रशारण अमेरिकाको पुर्बी समय शनिबारको दिउँसोको १२ बजे पछी हुनेछ। नेपालको समय शनिबारको बेलुकीको १० बजे पछी लाइभ हेर्न सकिने कुरा आयोजक संस्था नेपाल स्पोर्ट्स एण्ड कल्चर ईन्टरनेशनलका अध्यक्ष सिता पाण्डेले बताईन्।

नेपाल स्पोर्ट्स एण्ड कल्चर ईन्टरनेशनलको आयोजनामा बाल्टिमोरको रक्की पोईन्टमासमुन्द्रको किनारमा रहेको बडो मनमोहक अन्तरास्ट्रिय स्तरको खेल मैदानमा २६ तारिख शनिबार बिहान ११ बजे देखी ५ बजे सम्म नेपालीहरु गल्फ खेल्दैछन्।
नेपालमा सिमित धनाढ्य ब्यक्तीहरु मात्रै खेल्ने यो गल्फ खेल्नको लागी १६५ डलर प्रवेश शुल्क तिर्नुपर्नेछ। १६५ डलरमा साँझको रात्रिभोज पनी समाबेश भएको कुरा आयोजक समितीका केमिका भण्डारीले बताईन्। गल्फ प्रतियोगितामा सहभागी नहुने तर खेलेको हेर्न मात्रै ईच्छुक व्यक्तिहरुको लागी साँझको रात्रिभोज सहित ५० डलर प्रवेश शुल्क तोकिएको छ। प्रवेश शुल्क किन ? यती महँगो ? भनेर प्रश्न गर्दा बाल्टिमोरमा खेल प्रतियोगिताको संयोजन गरिरहेका पर्ल रेग्मीले भने – बाल्टिमोरमा बन्दै गरेको हिन्दु बुध्द मन्दिरको सहयोगको लागी यो गल्फ खेल आयोजना गरिएकोले, महँगो जस्तो लागेको हो।

महामहिम राजदुत डा. कार्कीको प्रमुख आतिथ्यमा साँझ माउन्ट एभरेस्ट रेस्टुरेन्टमा पुरुष्कार बितरण समारोह हुनेछ – आयोजक समितीका केमिका भण्डारीले बताईन्।

 

कार्यक्रममा सहभागी हुनको लागी सम्पर्क :

पर्ल रेग्मी, ४४३-४४७-२०९९
कृष् घिमिरे, ४४३-८५८-१४९१
मिलन राई, ४४३-९३९-६०६४
सिता पाण्डे, ६४६-७०२-४४९४
केमिका भण्डारी, ४१०-२९९-१२९९

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...