Friday, August 25, 2017

नेपाल बैंक लि पृथ्वीचोक शाखामा आगलागी

पोखरा, ९ भदौ । पोखरा–लेखनाथ महानगरपालिका–९ स्थित नेपाल बैंक लिमिटेडको पृथ्वीचोक शाखामा गएराति १० वजेतिर आगलागी भएको छ ।

विद्युत् सर्ट भई शाखाको काउन्टरमा आगलागी शुरु भएपछि बैंकका सुरक्षा गार्डले तुरुन्तै महानगरपालिकाको बारुणयन्त्रलाई खबर गरेका र बारुणयन्त्र समयमै पुगी आगो निभाएकाले आगो अन्यत्र पैmलन नपाएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

आगोले बैंकको काउन्टरमा रहेका पाँचवटा कागजका पोकामा क्षति पु¥याएको बताइएको छ । आगोले बैंकको ढिकुटीमा रहेका नोटलाई भने कुनै क्षति नपु¥याएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...