विश्वभर रहनु हुने सम्पूर्ण आदरणीय नेपाली जनसमुदाय ! ग्लोबल नेपाल टेलिभिजनद्वारा विश्व नेपाली प्रतिभा प्रतियोगिता (Global Nepali Talent competition ) को आह्वान !
हामी सम्पूर्ण नेपाल तथा नेपालबाहिर बस्ने कला तथा संस्कृतिप्रेमीहरुको लागि ग्लोबल नेपाल टेलिभिजनद्वारा विश्व नेपाली प्रतिभा प्रतियोगिता आह्वान गरिएको कुरा अवगत गराउन चाहन्छौं । देश तथा विदेशमा छरिएर रहनु भएका नेपालीहरुले यस प्रतियोगितामा भाग लिनको लागि यही आउँदो सेप्टेम्बर महिनाको अन्तिमसम्ममा आवेदन फारम भरिसक्नु पर्ने कुरा पनि यसै सूचनामार्फत जानकारी गराईन्छ ।
प्रत्येक श्रेणीबाट ग्लोबल ट्यालेन्ट प्रतियोगितामा प्रतियोगी बन्नको लागि निम्न वर्गहरुमार्फत भाग लिन सक्नु हुनेछ । विश्व नेपाली प्रतिभा निम्न श्रेणीमा हुँदैछ । प्रत्येक वर्गबाट प्रथम, द्वितीय र तृतीय हुनेले आकर्षक नगद पुरस्कारसहित प्रमाण पत्र पाउनु हुनेछ ।
१. नृत्य प्रतियोगिता (एकल)
२. नृत्य प्रतियोगिता (सामूहिक )
३. गायन प्रतियोगिता (एकल)
४. गायन तथा बाद्यवादन प्रतियोगिता (सामूहिक )
५. बाद्यवादन प्रतियोगिता
६. विषयगत कला प्रतियोगिता
७. खेलकूद प्रतियोगिता
८. मिस्टर मोडल प्रतियोगिता
९. मिस मोडल प्रतियोगिता
१०. मिसेस मोडल प्रतियोगिता
आवश्यक पूर्वाधार शर्तहरु
१. न्यूनतम ३ वर्षदेखि ७० वर्ष उमेर भित्रको हुनु पर्नेछ ।
२. नेपाल, तथा नेपालबाहिर संसारको जुनसुकै भूभागबाट पनि भाग लिन सक्नु हुनेछ ।
आयोजक : ग्लोबल नेपाल टिम, परिवार
No comments:
Post a Comment