खेम भट्टचन,अमेरिकाको बाल्टिमोर स्थित समुन्द्रको किनारमा रहेको रक्की पोईन्ट गल्फ कोर्समा नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले गल्फ प्रतियोगिता को उदघाटन गर्नु भएको छ l राजुद्त डा. कार्कीले गल्फ प्रतियोगिताको पहिलो बल हानेर गर्नु भए पछि कार्यक्रम को सुरुवात भएको थियो l नेपाल स्पोर्ट्स एण्ड कल्चर ईन्टरनेशनलको आयोजनामा उक्त खेल प्रतियोगिताको आयोजना गरिएको थियो l
रक्की पोईन्ट गल्फ कोर्शको मैदानमा गत अगस्ट २६ तारिख शनिबार दिउँसो १२ बजे देखी बेलुकी ५ बजेसम्म १७ वटा खेल मैदानमा भएको प्रतियोगिता सम्पन्न भएको थियो l उक्त प्रतियोगितामा भर्जिनियाको साउथ राइडिंग निवासी बिनोद थापा तथा बाल्टिमोर निवासी कमल रानाभाट को समुह प्रथम भएको थियो।
यसै गरि बाल्टिमोरमा गल्फ खेल आयोजना गर्न पहल गर्नु भएका पर्ल रेग्मी, संयोजक केमिका भण्डारी तथा अमेरिकन साथी माईक म्याकक्लुंगको समुह प्रतियोगितामा दोश्रा भएका थिए l
प्रतियोगितामा कृष घिमिरे, कमल नेउपाने, जार्डेंन घिमिरे र अमेरिकन मित्र डग बुर्गेस लगायतका खेलाडीहरु मध्ये सबैभन्दा पिन नजिक पुर्याउने पदक र सबैभन्दा लामो दुरी सम्म बल पुर्याउने पदक कमल नेउपानेले जितेका थिए ।
त्यसै दिन साँझ बाल्टिमोरकै माउन्ट एभरेस्ट रेस्टुरेन्टमा रात्रिभोज सहित पुरस्कार वितरण समारोहको आयोजना गरिएको थियो। नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महतको प्रमुख प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा महतले बिजयी खेलाडीहरूलाई ट्रफी र प्रमाणपत्रहरू वितरण गर्नु भएको थियो l
संस्थाका उपाध्यक्ष मिलन राईले संचालन गरेको समारोहमा बाल्टिमोरमा गल्फ प्रतियोगिता आयोजना गर्न प्रमुख भूमिका निभाएका पर्ल रेग्मी, संयोजक केमिका भण्डारी र बिदेशी खेलाडीहरुले धन्यबाद-मन्तब्य राखेका थिए।
प्रती व्यक्ति $ १ सय ६५ डलर प्रबेश शुल्क उठाईएको गल्फ प्रतियोगिताको खर्च कटाएर बचेको रकम लगभग लगभग एक हजार डलर ( नेपाली रु. एक लाख ) जती बाल्टिमोरमा बन्दै गरेको हिन्दु बुद्ध मन्दिरलाई सहयोग गरिने कुरा आयोजक संस्था नेपाल स्पोर्ट्स एण्ड कल्चर ईन्टरनेशनलका अध्यक्ष सिता पाण्डेले समारोहमा घोषणा गर्नु भएको थियो l
संचारको माध्यमबाट सहयोग गरेबापत खेल खेलिएको मैदान रक्की पोईन्टको लोगो भएको टिसर्ट र टाउवेल उपहार दिएर ईनेप्लीज र डिसीनेपालका संचारकर्मीहरु खेम भट्टचन र बिश्वराज थापालाई पनि सम्मान गरिएको थियो।
बाल्टिमोरको घिमिरे होमस् ले ट्रफी र नेपाल हाउस रेस्टुरेन्टले दिवाखानाको सौजन्य गरिदिएकोमा अध्यक्ष सिता पाण्डेले धन्यबाद दिनु भएको थियो l
राजदुत डा. कार्कीले उदघाटन र महाबाणिज्यदुतले समापन गरेको बाल्टिमोर मा आयोजित तेश्रो गल्फ खेल प्रतियोगितामा प्रवा नेपाली मंचका अध्यक्ष प्रभु थापा, बानाका अध्यक्ष अनु वन्त लगायतका संघ/संस्थाका पदाधिकारीहरु, दुतावास परिवार ,नेपाली तथा बिदेशी खेलाडीहरु उपस्थित थिए।
No comments:
Post a Comment