Sunday, August 20, 2017

कोलोराडोमा तिज कार्यक्रम भब्यरुपमा सम्पन्न

कोलोराडो अमेरीका
अगष्ट २०, २०१७
नेपाली महिलाहरुको महान चाड तिज नजिकदै गर्दा कोलोराडो निवासी महिलाहरु एक ठाउमा भेला भई नाचगान गर्दै दर खाएर तिज मनाएका छन् ।


थ्रोन्टन सिष्टर्स गु्रपद्धारा आयोजित कार्यक्रममा महिला दिदी बहिनीहरुले घर घरबाट मीठा परिकाररु बनाएर ल्याई एकै ठाउमा जम्मा भई परंपरागत शैलीमा गीत गाएर नाच्दै तिज मनाएका हुन् । कार्यक्रममा बोल्डर, लङमन्ट, बु्रमफिल, डेनवर्ग, अरोरा सिटीबाट महिलाहरु नेपाली पहिरन रातो साडी ,चोलो , चुरा, धागो र बिभिन्न परंपरागत गहनामा सजिएर उपस्थित भएका थिए ।


सांझ ५ बजे देखी राती १० बजे सम्म संचालन भएको कार्यक्रममा झण्डै ३ सय भन्दा बढि महिला दिदी बहिनीहरुको उपस्थिती रहेको थियो । उनीहरुले परंपरागत भाका र सैलीमा गीत गाउदै मादलको तालमा छम छम नाचिरहदा आफुलाई नेपाली भुमीमा बसेर तिजको रमाईलो हेरिरहेका भान हुन्थ्यो ।

परंपरागत रुपमा दर खाने परिकारहरु खीर, सेल, जेरी, बोडी र तमाको तरकारी जस्ता स्वादीलो परिकार खादै साथीहरु संग नाच्दै, भलाकुरारी गर्दै उनीहरुले तिज सम्पनन गरेका हुन् । कार्यक्रमलाई सफल पार्न स्थानीय ब्यावसायी मन्जु भट्टराई, मिन गुरुङ, उषा लम्सालका परिवार लगायतका महानुभावहरुबाट उल्लेख्य सहयोग भएको स्थानीय धन पौडेलले बताएकी छिन् । कार्यक्रम शान्ति भुषाल र पुष्पा पौडेलको संयोजनमा सम्पन्न भएको थियो ।

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...