Wednesday, August 23, 2017

अनेसास राम लामा सर्बोत्कृष्ट पुरस्कार तथा सम्मान होमनाथ सुबेदीलाई प्रदान गरिने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हालै अमेरिकी डलर २००० (दुई हजार) सहित कदर पत्र प्रदान गर्ने गरि अनेसास राम लामा सर्बोत्कृष्ट पुरस्कार तथा सम्मान स्थापना गरेको छ । उक्त पुरस्कार तथा सम्मान यही सेप्टेम्बर ९ र १०, २०१७ मा अष्ट्रेलियाको पर्थमा आयोजना हुने पाँचौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेनका अवसरमा पहिलो पटक प्रदान गर्न सो पुरस्कार घोषणा गरिएको छ । अनेसासको संस्थागत विकास र नेपाली साहित्यको बिश्वब्यापिकरण अभियानमा पुर्याएको बिशेष योगदानको उच्च मूल्याकन गर्दै अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीलाई सो पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरिएको छ ।

उक्त पुरस्कार हरेक दुई बर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका अवसरमा प्रदान गरिने छ । केन्द्रीय कार्यसमितिले केहि समय अघि सो पुरस्कार प्रदान गर्न अनेसासका पूर्व अध्यक्ष तथा सल्लाहकार मोहन सिटौला, साहित्यकार तथा अनेसासकी सल्लाहकार माया ठकुरी र अनेसासका महासचिव गोबर्धन पूजा समेतको एक पुरस्कार समिति गठन गरेको थियो, केन्द्रीय कार्यसमितिको बैठकले पुरस्कार समितिका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...